तामाङ समाज कतारको आठौं अधिबेशन सम्पन्न ,समाजको अध्यक्षमा धिरेन तामाङ लगायत निर्विरोध निर्वाचित :


श्याम ङेसुर तामाङ। नेपाल प्रवासी तामाङ समाज कतारको आठौं अधिबेशन शुक्रबार दोहाको वेस्ट वेस्टेन प्वस होटलमा आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिवकुमार भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो अधिबेशनमा प्रमुख सल्लाहकार ,विशेष सल्लाहकार,सल्लाहकार ,प्रतिनिधिहरु ,आजीवन सदस्य ,साधारण सदस्य र तामाङ तथा अन्य समुदायहरुको व्यापक सहभागिता रहेको थियो ।

अधिबेशनमा म्हेन्दोमाया समाज दोहा कतार अध्यक्ष प्रकाश माम्बा तामाङ,नेपाल तामाङ कलाकार संघ अध्यक्ष सविना लोप्चन तामाङ, सन्ध्या ग्रुप अलखोर अध्यक्ष वीरेन्द्रकुमार याक्थुम्बा,रामेछाप दोहा सम्पर्क समिति सचिव ललित लो तामाङ, रोयल नेपाली रेष्टुरेन्ट तथा एन आर एन ए ,एन सि सि कतार प्रथम उपाध्यक्ष तेज कटवाल,काभ्रे सेवा समाज अध्यक्ष तथा एन आर एन ए एनसिसि कतार ३ नं.प्रदेश संयोजक नारायण बिष्ट,नेपाल ग्यावा समाज कतार अध्यक्ष रामचन्द्र ग्याबा तामाङ ,सगु प्रोडक्सनका प्रबन्ध निर्देशक गणेश अधिकारी लगायतका महानुभावहरु उपस्थित रहेका थिए ।

नेपाल प्रवासी तामाङ समाज कतारको आठौं अधिबेशनले अध्यक्षमा धिरेन तामाङ लगायतका पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित गरेको नेपाल प्रवासी तामाङ समाज कतारका निवर्तमान संचार विभाग प्रमुख संजय डिम्डुङ तामाङले बताएका छन् ।

प्रकाशित: समय: 1:13:53  558पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार