अवस्था कमजोर भएका ४६ वर्षका कुलमान चेम्जुङ लिम्बुको उपचारको लागि सहयोगको अपिल


श्याम तामाङ ,ललितपुर। मोरङ जिल्ला ,पथरी शनिस्चरे- ९ का ४६ वर्षका कुलमान चेम्जुङ लिम्बू सुगर रोगले ग्रसित भै मृगौलामा समेत समस्या देखा परेर हाल झापा जिल्ला,दमक नपा -७ नगरपालिका रोड स्थित एडभान्स मल्टीस्पेसिलिटी अस्पतालमा उपचार गराई रहेका छन् ।

पीडित कुलमानका पारिवारिक श्रोतकानुसार उपचारमा जायजेथा समेत बेचबिखन गरेर उपचारमा आर्थिक अभाव भएपछी किराँत याक्थुङ चुम्लुङ इजरायलका सचिव कन्चन काङभा बखिमले जनाएनुसार सहयोग रकम जुटाउन आज देखि नै संयोजकहरु जनम चेम्जोङ सम्पर्क नं.0586416678, नुमा काङभा बखिम सम्पर्क नं.0584631863 लाई सम्पर्क गरी इजरायलमा रहनु भएका सहयोगी दाताहरुलाई सार्वजनिक अपिल गरेको छ ।

चिकित्सकका अनुसार सुगरले ग्रसित पीडित कुलमान चेम्जुङ लिम्बुलाई के कत्ती खर्च लाग्छ भन्ने कुरा एकिन नभएको विशिष्ट चिकित्सकहरुबाट उपचार भैइरहेको पारिवारिक श्रोतको भनाई छ ।

प्रकाशित: समय: 16:53:07  498पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार