बैशााख १३,रसुवा। घरमा जडान भएको विद्युत् सट हुँदा दक्षिणी रसुवामा पाँच घरहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईश्वरीप्रसाद भण्डारीका अनुसार नौकुण्ड गाउँपालिका–१ थाङदोरमा करीब ३ बजे लागेको आगो नेपाल प्रहरी र कालीजङ्ग गणअन्तर्गत फलाखु खोला हाइड्रोपावरको सुरक्षामा तैनाथ नेपाली सेनाद्वारा साँझ ६ बजे आगो नियन्त्रणमा भएको हो ।
लछुमण नेकोर लामाको घरमा रहेको विद्युत् सट हुँदा लागेको आगोले लस्करै रहेका पाँच घर नष्ट भएका हुन् । आगलागीबाट रु ८६ लाख ५० हजार बराबरको धनमाल क्षति भएको तथा राहत वितरणका लागि नौकुन्ड गाउँपालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला रेडक्रस सोसाइटी नेपाल, प्रहरी, नेपाली सेना, घरेलु तथा तेजिलो सचेतना समाज ,बिद्युत प्राधिकरण र स्थानीय बासी मार्फत तत्काल उद्दार तथा राहत रकम ,खाद्यान्न ,लत्ताकपडा ,त्रिपाल,टेन्ट, भाँडाकुडा बितरण गरिएको छ।
पीडितहरुलाई उचित क्षतिपूर्ति तथा राहतको लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी गाउँपालिका उपप्रमुख सिर्जना लामाले बताईन्। ।