रसुवाको कालिका गाउँपालिका भित्र रहेको १५ वटा सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण


तामाङपेज १३ बैशाख,रसुवा। रसुवाको कालिका गाउँपालिका भित्र रहेको विद्यालयमा गाउँपालिकाबाट प्राथामिक उपचारका सामाग्रिका साथ सेनेटरी प्याड वितरण भएको छ ।कालिका गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयमा विद्यार्थिहरुको स्वास्थ्य सगैँ शिक्षामा असर नपरोस भन्नको लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको हो विद्यालयमा तत्तकालै गरिने प्राथमिक उपचारको साथै प्रयोग गर्ने तरिका बारे प्रशिक्षण दिएको हो ।
छात्राहरु विद्यालयमा आउँदा रजस्वला भएको कारण घर फर्केर जान नपर्ने स्कुलमा नै सेनेटरी प्याडको व्यवस्था भए छात्राहरुको पढाईमा कुनै समस्या नआउने उदेश्यले यो कार्यक्रम गाउँपालिकाले शुरु गरेको स्वास्थ्य संयोजक नारायण पौडेल बताउँछन्।
कालिका गाउँपालिकाको १५ वटा सामुदायिक विद्यालयमा जीवनजल ,पारा सिटामोल ,जुकाको औषधि ,आइरन चक्कि,प्रेसर चेकजाँच र सेनेटरी प्याडका लगायतका तत्कालै आवश्यक प्राथामिक उपचारका सामाग्रि वितरण भएको छ ।विद्यार्थीहरु पुरा समय स्कुलमा बसुन भनेर थोरै शुल्कमा स्कुलमा नै प्याडको व्यबस्थापन गरेको शिक्षा शाखा प्रतिनिधि बासु लामिछानेको भनाई छ ।
स्वास्थ्य शाखा शिक्षा शाखा र गाउँपालिकाको समन्वयमा यो कार्यक्रम शुरुवात गरेको हो स्वास्थ्य नभई शिक्षा लिन सक्दैन यस्तो महत्वपूर्ण कुरालाई मनन गरी आफ्नो विद्यार्थीहरुलाई स्वास्थ्य समस्याबाट बचाउनुस,गुणस्तर शिक्षा सामुदायिक विद्यालयमा दिनको लागि कस्तो आवश्यक पर्यो स्थानीय सरकारमा ल्याउनुस हामी स्रोत र साधनले पुगे सम्म गुणस्तर शिक्षाको लागि हामी स्थानीय सरकारसँग हातेमालो गरी अघि बढ्ने कालिका गाउँपालिकाका उपाध्यक्ष्य भवानी प्रसाद न्यौपानेले बताए ।
सामुदायिक विद्यालयमा शिक्षा संगसंगै स्वास्थ्य आवश्यक परेको भएकोले हामीले यो व्यवस्था गरेको हो,विद्यालयमा पनि स्वास्थ्यको व्यवस्था हुनुपर्छ अनि मात्र गुणस्तर शिक्षामा टेवा पुग्छ कालिका गाउँपालिका भित्रको सम्पूर्ण विद्यालयको शिक्षक शिक्षिकाहरुले जानेर बुझेर र सिकेर आफ्नो विद्यालयमा राम्रो सेवा पु–याउनुहोला भन्दै कालिका गाउँपालिकाको अध्यक्ष्य सीता कुमारी पौडेलले आफ्नो मन्तव्य राख्नु भएको थियो।

 

प्रकाशित: समय: 14:13:29  694पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार