संखु स्वास्थ्य चौकीलाई सिडिओ नेपालद्वारा वेवी वार्म मेशिन प्रदान :


श्याम ङेसुर तामाङ ,ललितपुर ।  कोन्ज्योसोम गाउँपालिका – २ संखु,स्यालभन्ज्याङमा रहेको संखु स्वास्थ्य चौकी वर्थिङ सेन्टरलाई सिडिओ नेपालले वेवी वार्म मेशिन अनुदानस्वरुप बिहीवार प्रदान गरेको छ ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिङतान ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रशासक डा.खगेश्वर गेलाल ,कोन्ज्योसोम -२ संखु वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे,जनप्रतिनिधीहरु ,महिला स्वास्थ्य स्वयम् सेवीकाहरुको सहभागिता रहेको संखु स्वास्थ्य चौकीका ईन्चार्ज प्रेमकुमार चौधरीले जनाए ।

सिडिओ नेपालले प्रदान गरेको वेवी वार्म मेशिनको रु. एक लाख पच्चीस हजारमा खरिद,सो मेशिनको उपयोगले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान रहने छ भन्ने उद्धेश्यले प्रदान गरेको सिडिओ नेपालकी कार्यक्रम संयोजक राममाया वाईवा तामाङले बताईन ।

 

 

प्रकाशित: समय: 8:43:19  1325पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार