ठुलादुर्लुङ ठाटीभन्ज्याङमा नवनिर्मित श्री ज्वालादेवी आधारभुत विद्यालयको संसदद्वार समुद्गघाटन


ललितपुर ।महाङकाल गाउँपालिका -६ ठुलादुर्लुङस्थित ठाटीभन्ज्याङमा विगत तीन वर्ष अघी शुरु गरिएको जाईकाको आर्थिक सहयोगमा रु .२ करोड ७७ लाख रुपैयाको लागतमा नवनिर्मित श्री ज्वालादेवी आधारभुत विद्यालयको १० कोठे भवनको ललितपुर क्षेत्र न.१ प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले एक भब्य समारोहकावीच बिहिबार समुदघाटन गर्नु भएको छ ।

नवनिर्मित भवनको समुदघाटन गर्नुहुदै साम्सद सिलवालले सङ्घिय ,प्रदेस सरकारले स्थानिय निकायमा पठाईएका योजनाहरुको कार्य सम्पन्न बारे पारदर्शिता हुनुपर्छ र योजना ,बजेटिङका बारेमा जनतासामु आय व्यय सार्वजनिक गर्नुपर्छ भन्नू भयो ।

विद्यालय भवन निर्माणको लागि योगदान पुर्याउनु हुने दाता ,सहयोगीहरुलाई सम्मान पत्र प्रदान गर्नुहुदै ,सङघिय संसद राज्य व्यवस्था समितिको सदस्य समेत रहनु भएका साम्सद नवराज सिलवालले सिहदरवारको सरकार गाउँ-गाउँमा भन्ने नारा सहित भ्रष्टाचार पनि सिहदरवारदेखी गाउँ-गाउँमा मौलाएको प्रती कटाक्ष गर्नुहुदै भ्रष्टचारको नियन्त्रण गरि बजेट अनुसारको कामको पारदर्शिता ,हिसाबकिताब चुस्त ,दुरुस्त हुनुपर्नेमा जोड दिनु भयो ।

प्रदेश सभाका साम्सद लालकुमारी पुन शुशिलाले सुविधासम्पन्न विद्यालयमा भवन त भयो, अब विद्यार्थी सङख्या वृद्धि गर्नुपर्ने ,शिक्षकहरूले शिक्षण पद्धतिमा विकास गर्नुपर्ने ,अभिभावकहरुले पनि आ – आफ्नो बालबालिकाहरुले के कस्तो शिक्षा लिइरहेको छ ,सो बारे जानकारी लिनुपर्ने बताउनु भयो ।

महाङकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले विद्यालयको सुन्दरता अति सुन्दर ,मनमोहक छ ,यो सुन्दर भवन भित्रको शिक्षा कस्तो हुने हो ? शिक्षणको बारेमा औंल्याउदै महाङकाल गाउँपालिका भित्र ठूलो विद्यार्थी सङख्या सहितको विद्यालय संचालन गर्ने,जस्मा भएका विद्यालयहरु एकीकृत गरेर ,यातयात ,होस्टेलको व्यवस्था युक्त विद्यालय संचालन गर्ने सोच बनाएको बताउदै, नेपाल सरकारले देशै भर एक विद्यालयमा कक्षाकोठाको आधारमा प्रती कक्षा एक शिक्षकको दरबन्दी हुनुपर्ने माग राख्नु भयो ।

महाङकाल गाउँपालिका वडा न .६ ठुलादुर्लुङका वडाअध्यक्ष रामकृष्ण आचार्यले अब वर्षात शुरु हुन लागेकोले ठुलादुर्लुङमा रहेको गुमराङ लगायतका स्थानमा विगतमा १२ चोटी पहिरो जादा महाङकाल गाउँपालिकाले मर्मत सुधार तथा मोटरबाटो संचालन गर्न ४०/५० लाख खर्चेको यो ठुलादुर्लुङको शशिवाभन्ज्याङ देखि बगुवासम्मको मोटरबाटो निर्माण ,स्तर उन्नती गर्न बजेटको व्यवस्था गर्नु पर्ने बताए ।

जिल्ला शिक्षा योजना कार्यन्वयन इकाई,ललितपुरका प्रमुख प्रकाश महर्जन ,श्री ज्वालादेवी आधारभुत विद्यालयका प्र.अ.श्यामप्रसाद अधिकारी ,शिक्षिका शुशिला दहालले विद्यालयको वस्तुगत अवस्थाको बारेमा जानकारी दिनु भएको थियो ।

सो समारोहमा महाङकाल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद पाण्डे , महाङकाल -३ गोटिखेल वडाअध्यक्ष गङगाराम तिमल्सिना,महाङकाल -४ कालेश्वर वडाअध्यक्ष शान्ताप्रसाद गौतम शिक्षा अधिकृत सुरेन्द्ररमण पुरी , नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता प्रेम मोक्तान ,महेश लामा ,राजेन्द्र न्यौपाने ,सुमन बम्जन तामाङ ,नेपाली काङ्ग्रेसका युवा नेता बाबुलाल श्रेष्ठ ,स्थानिय प्रहरी ,महाङकाल गाउँपालिका कर्मचारी ,वडाका सचिवहरु ,कर्मचारी ,स्थानिय जनप्रतिनिधि ,शिक्षक ,शिक्षिकाहरु ,विद्यार्थीहरु ,अभिभावकहरुको व्यापक सहभगिता रहेको समारोहमा श्री ५ महेन्द्र मावि ,श्री गुमराङ आधारभुत विद्यालय,श्री ज्वालादेवी आधारभुत विद्यालयका विद्यार्थीहरुले प्रदर्शनमा राखिएको बाल सिर्जना प्रर्दशनी ,नृत्य ,गीतले समारोहको माहोलमा उत्साह थपेको थियो ।

श्री ज्वालादेवी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुराजा बस्नेतको सभाअध्यक्षतामा समारोह सम्पन्न भएको थियो भने सो नवनिर्मित भवन ४ वर्ष अघि महाभुकम्पले विनास भएपछी जिल्ला शिक्षा कार्यन्वयन इकाई ललितपुरको समन्वयमा जाइका जापानीज अन्तराष्ट्रिय संस्थाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सुबिधा सम्पन्न युक्त रहेको छ ।

 

 

 

 

प्रकाशित: समय: 8:10:19  535पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार