छैटौं गिरिजाप्रसाद काेईराला स्मृति कराँते च्याम्पियनसिप शुक्रबार देखि हुँदै


तामाङपेज १२ बैशाख काठमाडौ

छैटौं गिरिजाप्रसाद काेईराला स्मृति कराँते च्याम्पियनसिप बैशाख १३ शुक्रबार बाट काठमाडौंकाे लैनचौरमा सुरु हुने भएको छ । महान विचार र नेपाली राजनीतिमा अतुलनीय याेगदान दिनुभएको नेता एवम् अगुवा गिरिजाप्रसाद काेईरालाकाे स्मृतिमा च्याम्पियनसिपकाे नाम नै गिरिजाप्रसाद स्मृति कराँते च्याम्पियनसिप राखेकाे छ आयाेजक टिम लैनचौर सितोरियो कराँते डाेजाेले बताएको छ । च्याम्पियनसिप दुई दिन हुनेछ । प्रतियोगितामा पुरुष तर्फ २५,३०,३५,४०,४५,५०, ५५ किलाे ताैल समूह , खुल्ला ताैल समूह र एकल काता १ जना रहने भएको छ । यस‌ैगरी महिला तर्फमा पनि २५, ३०, ३५, ४०, ४५, ५० , ५५ किलाे ताैल समूह , खुल्ला ताैल समूह र एकल काँता एक जना रहने भएको छ । च्याम्पियनसिप शुक्रबार बिहान ७ बजे उद्घाटन हुने कुरा लैनचौर डाेजाेका कराँते प्रमुख रत्न थापा मगरले जानकारी दिएको हो ।

प्रकाशित: समय: 17:12:46  559पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार