अस्पताल मै मनाए ट्युमर पीडित थिङको जन्म दिन


तामाङपेज १२ बैशाख। कान्ति बाल अस्पतालमा ट्युमर पीडित पासाङ न्हुर्बु थिङको जन्म दिन मनाएको छ। धादिङ निवासी ६ बर्षिया ट्युमर पीडित थिङको आज परेको जन्म दिनको अबसरमा उनको जन्म दिन मनाइएको हो। बिगत आठ नौ महिना देखि पीडित थिङको उपचारमा सहयोग गर्दै आउनु भएकी परोपकारी मनकि धनी सन लाइट परोपकार सामाजिक संस्थाका सह-सचिब सृष्टि लोप्चन तामाङ र अध्यक्ष गुन्जमान तामाङले जन्म दिनको बिशेष उपहार नयाँ कपडा र हातमा दक्षिणा दिनु भएको थियो। जन्म दिनको खुशीयालीले पीडामा केही मलम मिलेको परिवारजनले बताएका छन्।


प्रकाशित: समय: 15:57:32  465पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार