सिद्धिमङ्गल माविको नवनिर्मित भवनको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय अध्यक्ष एबम पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालद्वारा समुदघाटन


श्याम ङेसुर तामाङ ,ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं.६ सानागाउँ ,सिद्धिपुरमा रहेको सिद्धिमङ्गल माविको नवनिर्मित १० कोठे भवनको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पूर्व प्रधानमन्त्री मन्त्री पुष्पकमल दाहालले रिबन काटेर समुदघाटन गर्नु भएको छ ।
विद्यालयको ६३ औं अभिभावक दिवस तथा वार्षिकोत्सबको दीप प्रज्वलन गरेर समुदघाटन गर्नु हुँदै विद्यालयले प्रकाशन गरेको सिद्धिमङ्गल वुलेटिनको विमोचन गर्नु भएको थियो ।

नवनिर्मित भवनको समुदघाटन ,दाताहरुलाई सम्मान कदर पत्र प्रदान गर्नुहुदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय अध्यक्ष एबम पूर्व प्रधानमन्त्री दहालले आफू जनयुद्धको बेला ४/५ वर्ष ललितपुरमा बसेको फेरि पनि केही महिना देखि ललितपुर जिल्लामा बसोबास गर्दै आएकोले समग्र ललितपुरको विकास र नेपाललाई सम्मुन्नत नेपाल बनाउन लागि पर्ने बताउनु भयो । केही दिन अघि एमाले र माओबादीबीच पार्टी एकीकरणको वैधानिक घोषणा सहित कार्यक्रम भैइसकेकोले अब नेपाल कम्युनिष्ट पार्टी नेकपा ,संगठन विस्तारको क्रममा गाउँ गाउँ ,टोल टोल पुगेर शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी नेकपालाई बनाउन लाग्नु पर्ने जनाउनु भयो ।

सिद्दिपुरमा नेवार समुदायका महानुभाबहरुको व्यापक सहभागिता रहेको समारोहमा ललितपुर क्षेत्र न.२ का प्रतिनिधि सभा साम्सद कृष्णलाल महर्जन ,पूर्व मन्त्री सिद्धिलाल सिह,प्रदेश सभाका साम्सद माधव पौडेल ,ज्ञानेन्द्र शाक्य ,दिपेश महर्जन ,महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले स्थापनाको ६ दशक पार गरेको सिद्दिमङ्गल माविको प्रगती ,चुनौती र विकासका सवालमा चर्चा ,परिचर्चा गर्नु भएको थियो । स्वागत मन्तब्य शिक्षक एकमान श्रेष्ठ ,दाताको तर्फबाट प्रेमसिह महर्जनले मन्तब्य राख्नु भएको कार्यक्रममा नेवार समुदायको ऎतिहासिक लाखे नाचको नृत्य स्थानिय नेवार समुदायका कलाकारहरुले प्रस्तुत गरेका थिए ।

सिद्दिमङ्गल माविको ६३ औं अभिभावक दिवस ,वार्षिकोत्सब तथा नवनिर्मित भवन उदघाटन समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मिबहादुर महर्जनको सभाअध्यक्षतामा सम्पन्न भएको थियो।








प्रकाशित: समय: 4:21:52  508पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार