नेपाल प्रवासी तामाङ समाज कतारद्वारा दुई लाख सहयोग रकम प्रदान


श्याम ङेसुर तामाङ,ललितपुर। नेपाल प्रवासी तामाङ समाज कतारले बुधबार राजधानीमा सहयोग हस्तान्तरण गरेको छ ।

नेपाल प्रवासी तामाङ समाज कतारका पूर्व अध्यक्ष एबम प्रमुख सल्लाहकार अध्यक्ष थर्चा लामाले नुवाकोट किस्पाङ गाउँ पालिका वडा न.४ की ब्लड क्यान्सर पीडित आषिमा डिम्डुङ तामाङलाई रु. एक लाख, विश्वको सातवटा महादेश अन्तर्गत अग्लो हिमाल आरोहण गर्न लाग्नु भएका सोलुखुम्बु दुधकोसी गाउँ-२ निवासी नर्बिन मगरलाई रु.पचास हजार र काभ्रे तेमाल गाउँपालिका -८ टेकानपुरमा निर्माण हुन लागेको उग्येन पेज्युङ,दुब्देलिङ गुम्बा निर्माण गर्न सन्चारकर्मी जगत दोङ तामाङलाई रु. पचास हजार गरि दुई लाख रुपैया, एक समारोहका विच आर्थिक सहयोग प्रदान गरेका हुन् ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा सगु प्रोडक्सनका सोनि लुङबा,ल्हाई ब्योन चिजा लेकाली,ल्हाई छामे शान्ति मम्बा लुङ्गे जामे,ल्हाप्साङ कर्पो म्युजिक नेपालका प्रबन्ध निर्देशक रोशन फ्युबा तामाङ,तामाङ भ्वाईसका प्रतिनिधि राज डिम्डुङ तामाङ,नेपाल प्रवासी तामाङ समाज कतारका पूूर्व सल्लाहकार सुर्य दोङ तामाङ, पूर्व महासचिव कमल योन्जन तामाङ, म्हेन्दोमाया समाज दोहा कतारका सल्लाहकार सन्तोष फ्युबा तामाङ, नेपाल तामाङ कलाकार संघ दोहा कतारका सल्लाहकार सबिन तामाङ,वाईबा समाज नेपालका अध्यक्ष विगेन्द्रसिह वाईबा,समाजसेवी सोनी योन्जन तामाङ ,निमा मोक्तान तामाङ ,डोल्मा लामा ,संचारकर्मी महानुभावहरुको व्यापक सहभागिता रहेको थियो ।

संकलित सहयोग रकम नेपाल प्रवासी तामाङ समाज कतार ,म्हेन्दोमाया समाज दोहा कतार ,नेपाल तामाङ कलाकार संघ दोहा कतार र ट्र्याक्स ग्रुप अलखोर कतारको संयुक्त आयोजनामा विभित्र ब्यक्तिहरुबाट जम्मा गरेर ब्लड क्यान्सर पीडित ,हिमाल आरोहण गर्ने ब्यक्ती र गुम्बा निर्माणको लागि प्रदान नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङले बताए ।

प्रकाशित: समय: 1:54:05  617पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार