श्याम ङेसुर तामाङ,ललितपुर । गोदावरी नगरपालिका वडा नं.८ डुकुछाप टोकलमासमा रहेको चित्रकुमारी आधारभुत विद्यालयका ६४ जना विद्यार्थीहरुलाई डुकुछापमा घर भै हाल दक्षिण कोरियामा कार्यरत समाजसेवी हेमन्त लो तामाङले सहयोग गर्नु भएर खरिद गरिएको स्टेशनरी सामग्री डटपेन,कपि लगायत मंगलबार प्रदान गरेका छन् ।
स्टेशनरी प्रदान गर्दै समाजसेवी हेमन्त लो तामाङले विद्यार्थीहरुलाई हौसला बढोस भन्ने उद्धेश्यले सहयोग गरेको बताए । सो विद्यालयमा ९५ प्रतिशत तामाङ,५ प्रतिशत अन्य जातजातिका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा कक्षा ५ सम्म अध्ययन हुँदै आएको प्र.अ.होमबहादुर ङेसुर लामाले जनाएका छन् ।