श्याम ङेसुर तामाङ ,ललितपुर । जापान भ्रमणको क्रममा रहनु भएका गैर सरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष जीतराम लामालाई नेपाल तामाङ समाज जापानले मंगलबार भेटघाट तथा सम्मान कार्यक्रम गरेर विभुषित गरेको छ ।
नेपाल तामाङ समाज जापानका पूर्व अध्यक्ष कर्मवाङ्गेल लामाले गैर सरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष लामालाई खादा तथा सम्मान पत्र प्रदान गर्नु भएको हो।
समाजका केन्द्रीय महासचिव एबम भेटघाट तथा सम्मान कार्यक्रमका संयोजक हिमाल वाईवा तामाङको सभा अध्यक्षतामा सम्पन्न समारोहमा एन आर एन जापानका पूर्व अध्यक्ष ओम गुरुङ,जनजाती महासङघका महासचिव तथा मातृ संदेश डट.कमका सम्पादक शान्त पहरी ,समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपाल तामाङ समाज जापानकी केन्द्रीय उपाध्यक्ष रुबिना तामाङले खादा लगाएर सम्मान तथा स्वागत मन्तब्य प्रदान गर्ने क्रममा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष एबम नेपाल सरकार ,राष्ट्रिय विकास परिषदका कार्यकारी सदस्य जीतराम लामालाई सम्मान गर्न पाउँदा खुशीको महशुश भएको तामाङ तथा आदिवासी जनजातिको प्रेरणाको श्रोत बन्न सफल भएकोले सम्मान गरेको बताईन ।