सिद्धार्थ युवा क्लबको आयोजनामा विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम हुँदै


तामाङपेज। सिद्धार्थ युवा क्लबले यही वैशाख १२ गते विहीवारका दिन विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा क्लबद्धारा प्रकाशित भित्तेपात्रो र वेबसाइटलाई पुर्व सुचना तथा सञ्चार र वन तथा भू संरक्षण मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य श्री अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा र लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष श्री कमल प्रसाद नेपालको विशेष आतिथ्यतामा साथै स्थानिय समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम गरिने जानकारी गराउनु भयो ।
उक्त कार्यक्रम भक्तपुर जिल्लाको चुनदेवी स्थित न्यातापोल फुड प्यालेसमा विहान १० बजेबाट शुरु गरिने क्लबका अध्यक्ष दावा छिरिङ लामाले जानकारी दिनुभयो ।

प्रकाशित: समय: 2:56:36  882पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार