दिनहुँ गाडीमा यात्रा गर्नु पर्ने मेरो बाध्यता आज पनि उहीँ बस स्टेशनमा उभिन पुगेँ । सयौं गाडी आवातजावत व्यस्त बाटोमा वि. पी. हाइ वेमा चल्ने गाडी कुरि रहेँ । गाडीका सहचालक अ-आफ्नै रुटमा जाने यात्रुलाई डाक्दै थिए । त्यही बेला अरनिको कोसीपारी यातायात लेखेको गाडीमा मेरो नजर पर्न गयो । रोक्न सङ्केत् गरेँ । गाडीको गुडि रहेको गति कम गर्दै सोध्यो कहाँसम्म जाने? मैलेे सहजै मङ्गलटार भनेँ। गाडीमा सिट पूरै भरिएको थियो । मेरो लागि दुइटा विकल्प कि उभिएरै यात्रा गर्नु पर्ने कि ड्राइभर छेउमा कुचुक्क परि अँटाउन सक्नु पर्ने । विपरीत दिशातिर फर्केर बस्दा बमिट आउने सम्भावना उत्तिनै थियो । समयमा पुग्नु पर्ने हुँदा ओर्लेर अरु गाडी कुर्ने कुरो पनि रहेन । ड्राइभरलाई दाई म यहाँ बस्छु नि मलाई पछाडि फर्केर बस्दा गाह्रो हुन्छ भने। ड्राइभरले हुन्छ भन्यो । गाडी बिस्तारै गुड्न थाल्यो ।
गाडीमा दिक्क लाग्दो हिन्दी गीतहरु बज्दै थियो । गाडीको सह चालक बाटोतिर उभिरहेको मान्छे देख्ने बित्तिकै नेपालथोक र सित्खा भनी कराउदै थियो । मलाई भने त्यो बजि रहेको गीतले टाउको दुख्न थाल्यो । गाडीमा बोली रहेको अधिकांश यात्रुहरु मेरै भाषा बोल्दै गरेको सुनेँ । म अचम्म भएँ किनकि अरु दिन त तामाङ यति धेरै कहिले देखेको थिईनँ । बुझ्ने मनसाय जागेर आयो नजिकैको ड्राइभर र एक जना अपरिचित यात्रु दाईलाई “दाई यो गाडीमा त आज तामाङ मात्र देख्छु त ?” ड्राइभर हाँस्नु भो यो गाउँ जाने बस हो यहाँ तामाङ बढी छन् नेवारले नि तामाङ भाषा नै बोल्छन् । म दङ्ग परे कहाँ जाने बस हो र ? बेथान,डहु । मलाई बेथान डहु भन्ने बित्तिकै वीरताको याद आयो । वीर साहसी छोरी दिलमायाको तस्बिर आँखा अगाडि नाच्न थाल्यो त्यति मात्र हैन त्यहीँ समाजको नमुना संगीतकार,गायक अनि लेखकको आत्मीयताले मीठो सम्झनामा चिसो चिसो मौसममा न्यानोपन दिलायो । अनि यात्रुहरू तामाङ र गाडीमा बज्ने हिन्दी गीतले बितृष्णा जागेर आयो । त्यतिकै त ठूलो स्वरले बोल्ने म सबैले सुनोस भनेरै तामाङ भाषामा बोल्न थालेँ ।
यात्रुहरु कतिपयलाई मेरो सामाजिक प्रसङ्ग अनि आफ्नै भाषा प्रतिको मायालाइ सहि लागेरै होला चुपचाप कुरा सुन्दै थिए । गाडी गुड्दै उहीँ हिन्दी गीत बज्दै। मैले तपाईंहरु आफ्नै कलाकारलाई चिन्नुस रामेछापमा धेरै कलाकार जन्मि सकेका छन् । तपाईंहरु सुन्ने हो म उतैको सर्जकको गीत बजाइ दिन्छु ड्राइभर र नजिक बस्ने दाईलाई भनेँ । उहाँहरुले सहमति जनाउनु भो । मोबाइल फोनमा भएको ब्लुथुत अन गरे अनि आदरणीय दाजु राजकुमार दोङ तामाङ (जो भ्वाँसा रामेछापको हुनुहुन्छ) को मलाई मनपर्ने गीत “आमा” बस भरि गुन्जिन थाल्यो । गीतको एक अंश यस्तो थियो – ”
ल कु दोना थन्सी फोरी ङ्हा डु दिङ्मी पुइजी गोरी आमासे ङादा ताङ्ना लाजीम मिख्ली पुइसी ह्राङला बोरी …….. केवा पिन्बा आमा ह्रङ्दा ग्यार्जा तोङ्चा थुजुछे ।
गीत बज्दै थियो एक जना तामाङ आमा बोली हाल्नु भो । कदे ज्याबा ह्वाइ दोसी ह्राप्कोले । चु गुरुसे तामाङ ह्वाइ अह्राप्न तिला तिला अगोबा ह्राप्ला । आफ्नो भाषा प्रतिको यो चासो देखेपछि मलाई खुसी लाग्यो । फेरि अर्को गीत बज्न थाल्यो । उहीँ कलाकारको आवाजमा ” गरिबीले बनायो पर्देशी धेरै भयो छोडेको गाउँबेसी मन भयो उराठ ढुङ्गे बगर साईला दाई भन के छ कस्तो छ गाउँको खबर ।” आम नेपालीको वास्तविकता बोकेको यो गीत बज्द नजिकै रहेको दाईले ताली बजाउदै हुनुहुन्थ्यो । त्यतिबेलासम्म त्यो बस काभ्रे भञ्ज्याङ् कटेर हुइकि रहेको थियो । ड्राइभर दाई र म कुराकानी गर्दै थिएँ । गुरु पनि सिन्धुपाल्चोक साँगाचोकको योन्जन परेछ ।
हामी तामाङ भाषामै कुरा गर्न थाल्यौं । अघि सम्म कर्कस लाग्ने त्यो गाडीमा खुसी लाग्न थाल्यो । प्रकृतिले भरिपूर्ण शैलुङ, गुराँस फुल्ने लेक, धुपीसल्लाले भरिपूर्ण त्यो सुन्दर दोरोम्भ रुपाकोट र पङ्खर आँखै अगाडि नाँच्न थाल्यो । भर्खर मात्र सार्वजनिक भएको पर्यटन विकासको निम्ति उपयुुक्त “घुम्न आउनु रामेछाप दोरोम्भ नपर्नु है पिरैमा ” गीत बज्दै थियो झ्यालबाट बाहिर आँखा लगाएको भकुन्डे आइपुगेछौं । “सुनकोसीको चोली हजुर पहाडको टोपी डम्फु टुङ्ना बनायौ नि सल्ला धुपी खोपी ” वाउ कति मार्मिक अनि गर्बिलो शब्द ।
यही शब्द सङ्गै रचनाकार धन योन्जन, गायक राज कुमार दोङ तामाङ अनि शशीकला मोक्तान आँखै अगाडि भएको भान भयो । क्या मज्जा हिन्दी गीतको सट्टा तामाङ गीत बज्दा । साँच्चै गाडी तामाङमय बनी सकेको थियो । मेरो ओर्लिने स्टेसन नजिक आउदै थियो । मन भने उहीँ मीठो बोल्ने अन्दाजी ४५वर्ष जतिको योन्जन ड्राइभर दाईसंग अनि उहीँ तामाङ गीत सुनेर मख्ख पर्ने आमा संगै पो जाउँ जाउँ लाग्यो । अब ५/६ मिनेटमा म आफू ओर्लिनु पर्ने त्यही बेला फेरि गीत बज्यो सन्जय योन्जन तामाङ दाईको शब्दमा रहेको “तिमीलाई छोडी आएँ म सानू बिरानो यो शहरमा पर्खी बस्नु दुईचार वर्ष आउँछु आफ्नै गाउँघरमा बस्दिन यो शहरमा…..” कति मार्मिक शब्द अनि हाम्रो बाध्यता । गीत सुनाउदै जाँदा सुन्दै जाँदा बसभरिको अपरिचित यात्रुहरु भनौ गीतको स्रोताहरु कहिले भावुक त कहिले खुसी भएको अनुभव सजिलै गर्न सकिन्थेँ। मोबाइलमा एकपछी अर्को गीत बज्दै थिए अन्तिम गीत डम्फु बजाउँला हो…… टुङ्ना बजाउँला तामाङनी भेषैमा तिमीलाई सजाउँला तर्की नजाउ यो मनको रानी बनाउँला…… । बज्दै गरेको गीतसंगै अरु दुईचार जनाको आवाज नि आउँदै थियो । गाडी गच्यक्क रोकियो बहिनी तपाईं ओर्लिने ठाउँ यहि हैन र ड्राइभर बोल्यो । यसो हेरेको हो रहेछ अनि म शुभ यात्रा दाई शुभयात्रा सम्पूर्णलाई भनी ओर्लेँ तर आफ्नो जाति,आफ्नो भाषा र तामाङ गीत बजाएकै कारण मलाई देखाउनु भएको माया र सद्भावले मलाई उतै डोर्यायो । बस ओजेल नहुन्जेल हेरि रहेँ । आफूले ठुलै काम सफल पारेको झै लागि रहे अरु भन्दा खुसी त म हिन्दी गीतको सट्टा तामाङ, नेपाली गीत बजाउन सफल भएकोमा भएँ। त्यो भन्दा बढी रामेछापको बासिन्दालाई रामेछापकै कलाकार सर्जकको गीत सुनाउँदा उहाँहरु खुसी भएको पाएँ । जुन गीत मेरो मोबाइलमा मात्र सिमित अनि मैले मात्र सुन्नु भन्दा सामूहिक सुन्न र सुनाउन पाउँदा आफै भित्र हराउन थालेँ । मलाई छोडी हुइकिएको बस बेथान डहु र रामेछाप पुग्दा पनि मेरो ध्यान भने उतैतिर चङ्गसरी उँडि रहे उँडि रहे…….।।।
रचना मोक्तान “यात्री” काभ्रे