नेपाल तामाङ समाज माल्दिभ्सले सिन्धुली चुनेटारका क्यान्सर पीडित लो दम्पत्ती र झापा जलथलका बोनम्यारो पीडित दङ्गाललाई उपचारको लागि सहयोग प्रदान


श्याम ङेसुर तामाङ,ललितपुर। नेपाल तामाङ समाज माल्दिभ्सले सङकलन गरिएको रकम सिन्धुली जिल्ला,चुनेटार-४ का वीरबहादुर लो तथा धर्मपत्नी मनमाया माेक्तान तामाङको घाँटीकाे क्यान्सर र झापा जिल्ला जलथल-४ का १३ वर्षिय गोपिचन्द्र दङ्गाल विगत 4 महिना देखि बाेनम्याराे क्यान्सरबाट पीडितको उपचारको लागि जनही २१/२१ हजार सहयोग उपचारको लागि प्रदान गरेको छ।

नेपाल तामाङ समाज माल्दिभ्सका पूर्व सल्लाहकार चाहना ब्लोन तामाङले नेपाल तामाङ समाज माल्दिभ्सका तामाङ तथा गैर तामाङ सहयोगीहरुबाट सङकलित रकम प्रदान गरेको बताईन्। नेपाल तामाङ समाज माल्दिभसले संकलन गरिएको रकम घाँटीको क्यान्सर पीडित वीरबहादुर लो तथा मनमाया मोक्तान तामाङ,दुबैजना घाँटीको क्यान्सरले पीडित र बोनम्यारो पीडित गोपिचन्द्र दङ्गाललाई गरि जम्मा सहयोग रकम रु.४२ हजार दामासाही आर्थिक अवस्था कमजोर भएकोले सहयोग स्वरुप प्रदान गरेको जनाएको छ।

प्रकाशित: समय: 13:45:03  780पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार