रामेछाप दुरागाउँका मृगौला पीडित पासाङ स्याङवालाई ह्योल्मो समाज इजरायलले रु.१ लाख २५ हजार आर्थिक सहयोग


श्याम ङेसुर तामाङ ,ललितपुर ।  ह्योल्मो समाज इजरायलले इजरायलमा रहनु भएका ह्योल्मो,शेर्पा र तामाङ,केही अन्य समुदायबाट गरि ४३ जना सहयोग दाताहरुबाट संकलित सहयोग रकम ,रामेछाप जिल्ला,लिखु तामाकोसी गाउँपालिका -१ दुरागाउँका आर्थिक अवस्था कमजोर भएका दुबै मृगौला पीडित पासाङ स्याङवालाई रु.१ लाख २५ हजार नगद प्रदान गरेको छ । ह्योल्मो समाज इजरायलकी अध्यक्ष पेम्बाडोल्मा ह्योल्मोकोनुसार विगत दुई वर्ष देखि राजधानीमा उपचार गराई राखेका मृगौला पीडित स्याङवाको उपचारमा थप सहयोग पुगोस भन्ने उद्धेश्यले समाजका पूर्व प्रमुख सल्लाहकार फुर्पा ठोङसो ह्योल्मोले प्रदान गरेको बताईन । दुवै मृगौला पीडित स्याङवाको अवस्था निक्कै कमजोर रहेकोले निजको उपचारको लागि सहयोग गर्न ह्योल्मो समाज इजरायलले सहयोग दाताहरुमा अनुरोध समेत गरेको छ ।

 

Chat Conversation End
प्रकाशित: समय: 11:58:56  564पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार