साम्सद नवराज सिलवालद्वारा गोदावरी भ्युटावरको शिलान्यास


तामाङपेज, बैशाख  १०, श्याम ङेसुर तामाङ ,ललितपुर

गोदावरी नगरपालिका वडा न.३ ओगरनाथ डाडामा प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले गोदावरी भ्यु टावरको मंगलबार ,एक समारोहकाबिच ढुङ्गाको जग राखेर शिलान्यास गर्नु भएको छ ।

गोदावरी भ्यु टावरको शिलान्यास गर्नुहुदै साम्सद सिलवालले हाल सुरुवातीमा आ.व.०७५/०७६ को साम्सद विकास कोषबाट भ्युटावरको निर्माण गर्न रु.५० लाख बजेट विनियोजित गरेको बताउनु हुदै,ललितपुर क्षेत्र न .१ को संबृद्धिको प्रमुख आधार पर्यटन हुने,त्यसको लागि पर्यटन उधोग विकासको लागि आफू लगातार लागीपरेको र सरकारले गोदावरीलाई नेपालको १०० पर्यटकिय गन्तब्य भित्र समाबेश गरेको जानकारी गराउनु भयो ।

मन्तब्यको क्रममा प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले गोदावरी, दलचोकी,चापागाउँ,देवीचौर , माझखण्ड, वैतरणिधाम ,कालेश्वर लगायतका विभिन्न धार्मिक एवम प्राकृतिक पर्यटकिय स्थानहरुको विकास गर्न आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

गोदावरी नगरपालिका-३ का वडाअध्यक्ष बालमुकुन्द घिमिरेले गोदावरी नगरपालिकाबाट गोदावरी भ्युटावर निर्माणको लागि बजेट तर्जुमा गर्ने जनाउदै ,वडाको विकासको लागि लाग्ने जनाए ।

शिलान्यासमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता श्यामकृष्ण सिलवाल ,स्थानिय वासिन्दा समेतको सहभागिता रहेको समारोह गोदावरी भ्युटावर उपभोक्ता समितिका अध्यक्ष शान्तकुमार मोक्तन तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 9:30:25  778पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार