तामाङपेज, बैशाख १०
गायिका प्रकृति थिङ तामाङको जन्म सिन्धुपाल्चोक गढी ९, लामचौरमा बि.स. २०५०/११/१२ मा भएको हो। थुप्रै गीतहरुमा आफ्नो कोरसको रुपमा आवाज भरी सक्नु भएकी गायिका थिङले एकल गायनमा भने चार ओटा गीतमा आवाज दिई सक्नु भएकी छिन्। गीत संगीत संग संगै पढाईमा पनि ब्यस्त हुनु भएकी गायिका थिङ संगीत नै नशा हो भन्न रुचाउनु हुन्छ। ब्याचलर लेवेलको अन्तिम बर्षमा अध्यनरत गायिका थिङसंग तामाङ पेज कर्मी प्रतिक लामाले गर्नु भएको कुराकानीको पूर्ण अंश….
तामाङपेज : यहाँलाई तामाङपेज डट कममा स्वागत छ।
गायिका : धन्यवाद तामाङपेज डट कम परिवारलाई।
तामाङपेज : यहाँको सामन्य परिचय
गायिका : म गायिका प्रकृति थिङ तामाङ घर सिन्धुपाल्चोक,गढी ,९,लामचौर।
तामाङपेज : गायन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
गायिका : मलाई एउटा राम्रो गायिका बन्ने एक्दम ठुलो सपना भएर म काठमाडौ छिरेर यही फिल्डको बारेमा बुझ्न गए बुझे अनि क्लसहरू लिन थाले यसरी प्रवेस भयो।
तामाङपेज : तपाईंले पहिलो गाउनु भएको गीत कुन हो ?
गायिका : तिमीले नै मलाई माया दिई जिउन सिकयौँ ।
तामाङपेज : पहिलो चोटि गीत गाउँदा कस्तो अनुभव भयो ?
गायिका : एकदम खुशी लागेको थियोे। मान्छेले चाहियो भने असम्भव केही छैन रहेछ मेरो खुशीको आँशु खासेको थियो अनि मेरो सपनाको पहिलो खुट्किलो मैले टेक्न सफल भएको महसुस गरे।
तामाङपेज : गायन तपाईको रहर कि करियर ?
गायिका : गायनमा रहर भन्दा पनि भविष्य खोज्दै आएकी हुँ। मेरो भविष्य नै यसमा छ जस्तो लाग्छ ।
तामाङपेज : पारिवारिक सर्पोट कत्तिको छ ?
गायिका : जब शुरूवातको बेलामा त सपोर्ट मेरो कोही पनि थिएनन् ।सम्पत्ति छैन केही हुन्न केही गर्दैनौं राम्रो पेशा गर भनी रहनुहुन्थ्यो बाबा ममी।म निरन्तर लागि पारे पछि अहिले चाँहि केही भन्नुहुन्न गर नि भन्नु हुन्न नगर नि भन्नु हुन्न किनकि म नगर भने नि छोड्ने वालामा छैन म्युजिक नशा जस्तै भको छ ।
तामाङपेज : गीत संगीत क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
गायिका : सकिन्छ जस्तो लाग्छ मलाई दर्शकको साथ अनि माया पायो भने अवस्य बाँच्न सकिन्छ ।निरन्तरता चाँहि जरुरी छ ।
तामाङपेज : यो क्षेत्रमा लाग्ने युवतीहरु असुरक्षित हुन्छन भन्छन नि ?
गायिका : त्यो आफैंमा डिपेन्ड हुने कुरा हो ।कस्तो मान्छेको संगत गर्ने कस्तोको संगत नगर्ने भन्नेमा भर पर्छ । संगत जसरी संगत गरे नि
आफ्नो डिस्टेन्स सधैं आफैं बनाई राख्नु पर्छ ।
तामाङपेज : गीत संगीत बाहेक अरु के के मा रुचि छ ?
गायिका : सोसल वोर्क अनि बिज्नेसमा रूचि छ ।
तामाङपेज : हाल सम्म कतिवटा गीतमा स्वर भरी सक्नु भयो ?
गायिका : धेरै छैन चार ओटा गीत पुग्यो तर कोरसमा चाँहि अलि धेरै भरेकी छु।
तामाङपेज : आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
गायिका : अचेल केही छैन । त्यत्तिकै बसि बसाई नै छ भनम।
तामाङपेज : फिल्म खेल्ने रहर छ कि छैन ?
गायिका : छैन।
तामाङपेज : म्यूजिक भिडियोको लागि कत्तिको अबसरहरु आईरहेको छ ?
गायिका : छैन । त्यो खुबी मसँग छैन जस्तो लाग्छ ।
तामाङपेज : अध्ययन कहाँ पुरयाउनुभयो ?
गायिका : बि.एड. अन्तिम वर्ष।
तामाङपेज : प्रतियोगिताहरुमा कत्तिको भाग लिनु भा छ ?
गायिका : खासै लिदैन।
तामाङपेज : अन्त्यमा के भन्नुहुन्छ ?
गायिका : गीत संगीत मेरो सपना हो। मेरो लक्ष्य नै एउटा राम्रो सिंगर बन्नु हो । अरू त नोभल्सहरु पढ्न मन पर्छ । नयाँ नयाँ ठाउँहरू घुम्न त्यहाँको बारेमा बुज्न मन पर्छ अन्त्यमा सबैको साथ अनि माया पाए भने साँच्चै नै म मेरो लक्ष्य सम्म पुग्न सक्नेछु ।माया गर्दिनुस बिस्तारै अगाडि बढ्ने छु ।त्यसको लागि म आभारी हुनेछु भन्न चाहन्छु अनि सबैमा स्वस्थ रहनुस व्यस्त रहनुस । जो जह जस्तो हुनु हुन्छ एकदम खुशी रहनुस भन्न चाहन्छु।
तामाङपेज : धन्यवाद !
गायिका : धन्यवाद