दलचोकीमा आयोजित नौ दिने श्रीमद भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ सम्पन्न


श्याम ङेसुर तामाङ,ललितपुर। कोन्ज्योसोम गाउँपालिका -३ दलचोकीमा नयाँ वर्ष २०७६ वैशाख १ गतेका दिन प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले समुदघाटन गर्नु भएको ,श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सोमबार सम्पन्न भएको छ ।

नौ दिनसम्म आयोजित महायज्ञमा कलश यात्रा,कथा प्रवचन ,वसुदेव विवाह,कृष्णजन्मको झाकी ,सवालाख दीपप्रज्वलन ,तिल अर्चना,पुर्णाहुती,सामुहिक व्रतवन्ध ,प्रसाद वितरण ,दाताहरुलाई सम्मान जस्ता धार्मिक कार्यक्रमहरु आयोजना गरिएको समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताएका छन् ।

आईतवार महायज्ञमा पुग्नु भएका प्रदेश सभाका साम्सद चेतनाथ संजेलले धार्मिक गुरुहरुले पनि सम्मुन्नत समाज निर्माणको लागि आध्यात्मिक यात्रामार्फत समाजमा विकासको कार्यहरु गर्नु भएर योगदान दिनु भएको चर्चा गर्नुहुदै,प्रदेश सरकारको तर्फबाट मनकामना मन्दिर,दलचोकी भ्युटार निर्माणको लागि विशेष सहयोग डिपिआर समितिले तयार गरेर दिएको खण्डमा योजना पारी निर्माण गर्ने जनाउनु भएको छ ।
साम्सद संजेलले यथाशीघ्र विर्खेधारा,दलचोकी मनकामना मन्दिर सिलिङ्गे ,शङखु हुँदै इकुडोलसम्मको मोटरबाटो कालो पत्रे गर्नको लागि आफू लागेको बताए ।

प्रखरवक्ता भागवत रसिक अर्विन्द शास्त्रीजी महाराजश्रीबाट कथावचन र उपवाचक गणेश अधिकारी शास्त्रीजीले नौ दिनसम्म श्रीमद्भागवतको पाठपारायण गर्नु भएको थियो ।
समितिका महासचिव गोपालप्रसाद घिमिरेले कोन्ज्योसोम -३ दलचोकीका विष्णुप्रसाद संजेल(शरण)ले रु.एकाउन्न हजार ,रिकोर्डका लक्ष्मी तिमल्सिना रु. बार्ह हजार,पर्यटन व्यवसायी उद्धवप्रसाद घिमिरेले रु.दस हजार,दलचोकी होमस्टेका प्रोप्राईटर शेखर कार्कीले रु.दस हजार ,गोविन्दप्रसाद घिमिरेले रु.पाँच हजार पाँच सय गरि सयौं भक्तजनहरुबाट मनकामना मन्दिर निर्माण गर्न आस्थाकाकारणले रु.८ लाख ५० हजार रकम संकलन भएको जनाए ।

कोन्ज्योसोम गाउँपालिका वडा न.३ दलचोकी आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य योग्य ललितपुरको एक स्थल हो। जहाँबाट उपत्यकाको भूभाग,तराईका क्षेत्रहरु,दक्षिण ललितपुरका दृश्यहरु,वनजङ्गल,दलचोकी निरोगधाम,नजिकै कोन्ज्योसोम-४ मा रहेको पाथिभरा माईको र भारदेउमा रहेको छ्योर्तेन चैत्य ,गुप्तेश्वर महादेवको दर्शन ,ललितपुर चाङ्गाथलीका वासिन्दा शेखर कार्कीले संचालन गरेको दलचोकी होमस्टेमा सुलभ पैशा खर्च गरेर स्थानिय खाना ढिडो,सिस्नो ,साग,दुध,दहिको स्वाद लिन र वस्न सकिन्छ भने हिमालका चुचुरा,बिहानी पख सुर्योदय,साँझ पख सुर्योदय अस्ताएको दृश्य ,रमितेडाडा,सरकारी गोठ ,माझखण्ड बुद्ध विहार ,कान्तिलोक पथ ,प्लेनको गति मापन गर्ने राडार जस्ता स्थानहरुको दृश्य अवलोकनले जोकोहीको मन लोभिन्छ ,ललितपुरको दक्षिण पुर्वी भेगमा पर्ने – दलचोकी पुगेपछी भक्तपुरको नगरकोट पुगे जस्तो अनुभूति गर्न सकिन्छ।

केन्द्र सरकार ,प्रदेश सरकार र स्थानिय सरकारले कोन्ज्योसोम गाउँपालिका-३ दलचोकीमा रहेको मनकामना मन्दिर,दलचोकी होमस्टे,कोन्ज्योसोम-४ नल्लुको पाथिभरा मन्दिर ,सेती देवीथान ,नल्लु बुद्ध मन्दिर,कोन्ज्योसोम -५ भार्देउमा रहेको जन आन्दोलनमा शहादात प्राप्त गर्नु भएका महान शहिद कान्छा लामाको निवास,गुप्तेश्वर मन्दिर,भारदेउ गुम्बा तथा छ्योर्तेन र निर्माण हुन लागेको शिलान्यास भएको कोन्ज्योसोमको स्तुपा निर्माण,कोन्ज्योसोम-१ चौघरे,कोन्ज्योसोम -२ शङखुको तामाङ सङग्राहलय,मोटरबाटोको स्तरौन्नती लागि दीर्घकालीन ,अल्पकालीन प्याकेजमा योजना पार्न सकेको खण्डमा कोन्ज्योसोम गाउँपालिका उपत्यकाको प्रमुख गन्तब्यस्थल मध्ये एक बन्न सकिन्छ।







प्रकाशित: समय: 3:35:33  1029पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार