नेपाल मेडीसिटी अस्पतालका प्रो.डा.गोपालरमण शर्माले मकवानपुरे समाज काठमाडौँलाई रु.५ लाख प्रदान


श्याम ङेसुर तामाङ,ललितपुर। मकवानपुरबाट विभिन्न पेशा,व्यवसाय गरेर राजधानीमा बसोबास गर्नुहुने मकवानपुरे दाजुभाई तथा दिदिबहिनीहरुलाई एकीकृत गरी राजनितिक आस्था भन्दा माथी उठेर सामाजिक कार्य गर्ने उद्धेश्यले स्थापित मकवानपुरे समाज काठमाडौलाई नेपाल मेडिसिटी अस्पताल नक्खुका प्रो.डा.गोपालरमण शर्माले रु.५ लाख संस्थाका अध्यक्ष अरुण गुरुङलाई प्रदान गर्नु भएको छ।

सहयोग प्रदान गर्नु भएपछी सहयोग दाता एबम प्रो.डा.शर्माले सहयोग रकम स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो।

सो सहयोग प्रदान कार्यक्रममा संस्थाका सल्लाहकार पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 16:34:29  678पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार