बैशाख ९,श्याम ङेसुर तामाङ ,ललितपुर
महालक्ष्मी नगरपालिका वडा न.६,सान गाउँ ,छ्दोबाटो वारपाच टोलमा रहेको सुकेको खरिको रुख भाचेर लाग्छ भनेर पाँच घरमा तीन घर पक्की र दुई घर टहरामा बसोबास गर्ने २६ जना वासिन्दा दैनिक जीवनयापन त्रासमा विताउन बाध्य छन् ।
स्थानिय वासिन्दा तथा शिक्षक सानुकाजी महर्जनले आफू अपाङ्गता भएपनी वडामा रुख हटाउनको लागि पटक पटक बैशाखी टेकेर जादा पनि गुनासो नसुनेको बताउनुहुन्छ । अब म कहाँ जाने ? भनेर प्रश्न गर्दै,शिक्षक महर्जनले तत्काल जिल्ला प्रशासन कार्यालय ललितपुरमा इमान्दार ,कर्मठ सिडिओ साप आउनु भको छ भन्ने कुरा सुनेको छु ,उहाँले हामी जस्ता पिडितको मागलाई सम्बोधन गर्नु भएर शुखशयल पुर्वक दैनिक जीवन यापन गर्ने वातावरण बनाउनु हुनेछ भन्ने मेरो अनुरोध छ,सिडिओ सापलाई भने !
दैनिक जसो आउने हावा हुरि बतासकाकारण खरिको सुकेको रुख ढलेर स्थानिय ,सानुकाजी महर्जन,धनगोबिन्द महर्जन ,जीवन महर्जन,पेम्बा तामाङ ,राजन तामाङ त्रासमा बाच्न बाध्य छन् । एकत सुकेको रुख ढलेर मर्ने त्रास एकातिर छ भने अर्कोतिर विद्युतको हाई भोल्टेज तारकाकारण पनि करेण्ट लागेर मतिन्छ कि भन्ने त्रासले त्रसित रहेको यी वासिन्दाका सवालमा तत्काल रुख काटेर ,हटाउन सकेको खण्डमा स्थानिय वासिन्दा त्रसित पुर्ण जीवन जिउनु पर्ने थिएन कि ?