श्याम ङेसुर तामाङ ,ललितपुर। रामेछाप जिल्ला ,खाडादेवी गाउँपालिकास्थित पकरवासमा वि.सं.२०५२ असार ११ गतेका दिन बुबा शिव केसि र आमा कमला खड्काको सुपुत्रीको रुपमा सङ्गिता केसि जन्मेकी थिईन।
सङ्गिताका दाइ श्याम ,राम ,दिदी गोमा र बहिनी रन्जिता तथा भाइ दिपेन्द्र ,आफू गरि ६ जना दिदिबहिनी र दाजुभाई रहेका छन् । सानै उमेरदेखी सङ्गितको नृत्यतर्फ रुचि राखेकी सङ्गिताले प्लसटुसम्मको औपचारिक शिक्षा पूरा गर्ने क्रममा आजभन्दा ४ वर्ष अघि देखि नृत्य प्रशिक्षक दिपेश सुब्बासङ्ग प्लस्टुको अध्ययन गर्ने क्रममा नृत्यको प्रशिक्षण लिएका थिए ।
एकता जेम्स ईङ्गलिस एकेडेमीको आयोजना ,न्युटन एकेडेमी
को प्रायोजनमा केही वर्ष अघि विद्यालय प्राङ्गणमा भएको विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा छेउ न आउ करेण्ट लाग्ला ,छेउ न आउ करेण्ट लाग्ला ,जवानी गरम छ ,करेण्ट लाग्ला …….. भन्ने गीतको प्रस्तुतिले कलाकार सङ्गिता केसि चर्चामा आईन ।
जीवनको उकाली ओरलीको यात्रामा एक छाक राम्रोसङ्ग खाना नसकेको ती दिनका तितो अनुभव सुनाउदै,आफुले नृत्यले गर्दा एक दिनको अवस्था हेरी आयोजक संघ ,संस्थाले आयोजना गर्ने सभा,महोत्सवमा रामेछापको प्रथम रामेछाप महोत्सव ,मन्थली ,दोलखा चरिकोट र राजधानीमा सम्पन्न सभा ,समारोहमा नृत्य गरेबापत प्रती दिनको १५ हजारसम्म पारिश्रमिक लिईएको तथ्य सुनाइन् ।
नोकरीमा समेत मन्थलीमा कार्यरत कलाकार सङ्गिताले कागजपत्र नामक नेपाली चलचित्र आफुलाई मन परेको सुनाउँदै आफ्नो क्षमताको प्रस्तुती अनुसार पारिश्रमिक पाएको खण्डमा नेपाली चलचित्रमा खेल्ने र विभिन्न सभा ,समारोहमा सहभागी भएर प्रस्तुति दिने बताइन् ।
नृत्य र कलाको कारणले आफू र आफू जन्मेको रामेछापको पकरवास ,रामेछाप जिल्लालाई चिनाउन पाएकोमा खुशी लागेको अनुभव सुनाइन् ।