इकुडोलको तीनदिने शिक्षण क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


श्याम ङेसुर तामाङ,ललितपुर। वाग्मती गाउँपालिका-५ इकुडोलको आयोजनामा इकुडोल शिक्षा निति -२०७५ कार्यन्वयनार्थ ,शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनदिने शिक्षण क्षमता अभिवृद्धि कार्यक्रमको समापन शनिवार गोदावरी नगरपालिका-६ टिकाभैरवमा रहेको आनन्दवन अस्पतालको सभा हलमा सम्पन्न भएको छ ।

बिहिवारदेखि सन्चालित कार्यक्रमको संचारकर्मी नवराज संजेलले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा वडाका जनजागृती मावि,शारदा शिक्षा सदन मावि ,विज्ञान प्रभा ,ज्ञानोदय,स्यौरीभुमे ,शान्ति आधारभुत विद्यालयका ४० जना शिक्षक ,शिक्षिकाहरुले भाग लिएका थिए ।

शैक्षिक सत्र -२०७६ देखि नै ६ वटै सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी माध्यमबाट शिक्षण हुने वाग्मती -५ इकुडोल वडाले इकुडोल वडा शिक्षा नीति भने २०७५ चैत्र २८ गते सार्वजनिक गरिएको वडाअध्यक्ष साजन दर्लामी मगरले बताउनु भएको छ। वडाअध्यक्ष दर्लामीले प्रशिक्षार्थीहरुलाई शनिबार कार्यक्रमको समापन समारोहमा प्रमाण पत्र प्रदान गर्नुहुदै,ललितपुर जिल्लामा भएका महानगर ,नगरपालिकाका वडा र गाउँपालिकाका वडाहरुमध्ये पहिलो वडा शिक्षा नीति सार्वजनिक गर्नेमा आफ्नो वडा पहिलो भएकोमा गर्व गर्दै शिक्षा नीतिलाई व्यवहारमा लागू गर्न आवश्यक बजेटको तर्जुमा गर्ने आफू लागेको बताए ।

वाग्मती गाउँपालिका शिक्षा प्रमुख लोकेन्द्र विष्टले माथिल्लो निकायबाट तलब निकासा नहुदा शिक्षक,शिक्षिकाहरुलाई बेलैमा तलब खुवाउन नसकेकोमा दुख मनाउ गर्दै ,केही हप्ताभित्रमा नै फागुन र चैत्र महिनाको तलब निकासा हुने बित्तिकै प्रदान गर्ने बताउनु हुँदै कार्यक्रमको समापन आज भए पनि शिक्षक मित्रहरुको शिक्षण पद्धतिको सुरुवात भने अब हुने भन्नुु भयो ।

समापन कार्यक्रममा वाग्मती -७ का वडाअध्यक्ष नवराज संजेल,माझखण्ड डेस्टिनेसनका अध्यक्ष गोपाल संजेल,प्रशिक्षक दुर्गा सुवेदीले अङ्ग्रेजी माध्यमको पढाईले अन्य भाषा ,भाषिको अवस्थालाई पनि मार्न नहुनेमा खबरदारी गरेका छन् ।

तीनदिन सम्म चलेको कार्यक्रमको अवधिमा सिकेका कुरा ,अनुभव ,सुझावका बारेमा भने जनजागृती मावि शिक्षक दशरथ यादव,शारदा शिक्षा सदन मावि निमित्त प्र.अ. सुन्तली डिम्डुङ तामाङ ,विज्ञान प्रभा आधारभुत विद्यालयका निमित्त प्र.अ. वेदनिधी घिमिरेले शैक्षिक सामग्री उपलब्ध,विषयगत शिक्षक,शिक्षिकालाई तालिम,खेलकुद सामग्री,नेट ,ईन्टरनेटको सुविधा ,सरोकारवालाबीच सुझाव ,सरसल्लाह लिनु पर्नेमा वडा कार्यालयको ध्यानाकर्षण गरेका थिए ।

समापन कार्यक्रममा साहित्यकार गोपाल संजेल,सुमित्रा घिमिरे र नवराज संजेलले प्रस्तुत गर्नु भएको गजल र कविताले कार्यक्रमको माहोल तातेको थियो भने वडाका वडाअध्यक्ष साजन दर्लामीले नागरिक आवाज संस्थालाई प्रमाण पत्र ,प्रशिक्षक ,सहजकर्ता ,अतिथिहरुलाई मायाको चिनो र खादा लगाई सम्मान समेत गर्नु भएको थियो ।

सो कार्यक्रमलाई नागरिक आवाज संस्थाले शिक्षा ठोस योगदान मिलोस भनेर सहयोग गरेको संस्थाका प्रतिनिधि कृष्ण तामाङले बताए ।

प्रकाशित: समय: 22:59:41  665पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार