नेकपा विदेश बिभाग प्रवासी नेपाली एकता मञ्च द्वारा आर्थिक सहयोग।


तामाङपेज

स्वागत पुन मगर,
दमाम,बैशाख-८

प्रवासी नेपाली एकता मन्च साउदी अरब र कतारले खोटाङ हलेसी तुवाचुङ न.पा ८ धितुङमा बुबा आमा गुमाएका सात जना बालबालिकालाई पठनपाठनको निमित्त आर्थिक सहयोग गरेको छ। सहयोग हस्तान्तरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यलय पेरिसडाँडामा नेकपाका केन्द्रीय सदस्य अस्मिता कार्की (समिता) र दुर्गाजयन्ती राई साथै अन्य खोटाङका नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको थियो।

मन्चका केन्द्रीय सदस्य हरि बहादुर बुढाथोकी ,भक्त कार्की (सर्वहारा), रामचन्द्र वाग्ले, कमल शाही “निर्मल ” कमल खरेल लगायतको बिशेष पहलमा उक्त आर्थिक संकलन गरिएको हो।आमा टल कुमारी किराँतको गर्भपतन गराउने क्रममा जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको थियो भने आमाको मृत्यु भएको २ बर्ष पछि बुबा चन्द्र किराँतको पनि आफ्नो निवासमा करेन्ट लागेर मृत्यु भएको थियोे।
बाबा आमाको मृत्यु भएपछि साहारा बिहिन भएका बाल बालिकाको पठनपाठनमा एस ओ एस बालग्रामले जिम्मेवारी लिएको भएता पनि प्रबसी एकता मन्चले बालग्रामले जिम्मा लिनु पहिला देखि रकम संकलन गर्न थाली सकेको थियो।

तर विशेष कारणले समयमा रकम हस्तान्तरण गर्न नसकिएको रकम हस्तान्तरण कर्ताहरुले बताए। रकम उठाउन सहयोग गर्नु हुने प्रवासी नेपाली एकता मन्चका सम्पूर्ण सदस्य लगायत अन्य सहयोगीहरुलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्दै बालवालिकाको सहयोग रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवासमा रहेको प्रवासी नेपाली एकता मन्चले पठाएको थियो।जम्मा रकम १३४५ साउदी रियाल अथवा नेपाली रुपैया ३९१०० र कतारबाट पनि ५१००० एक औपचारिक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको हो। साथै साउदी अरब स्थित प्रवासी एकता मञ्चले कास्कीमा भएको दशैंको दिनको अागलागीबाट भएको क्षतिमा पनिमा सोही सहयोग अभियान सहित जोडेर रकम जुटाउन सहयोग रकम मध्ये ३० प्रतिशत अर्थात १६९६२ सो रकम पहिले बुझाई सकेको जानकारी समेत आर्थिक संकलन समितिले गराएको छ।

प्रकाशित: समय: 14:02:17  667पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार