राष्ट्रिय सभा गृहमा तामाङ कथानक चलचित्र ङ्होको च्यारिटी शो सम्पन्न


तामाङपेज ८ बैशाख काठमाडौं

तामाङ कथानक चलचित्र ङ्होको राष्ट्रिय सभा गृह काठमाडौंमा बिशेष प्रदर्शन भएको छ।
फापरे फिल्मस प्रा. लि.को ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र अनाथ बालबालिकाहरुको सहयोगार्थ विशेष साँस्कृतिक कार्यक्रमको साथमा प्रमुख अतिथी माननीय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा शनिबार  प्रदर्शन भएको हो।

चलचित्र ङ्हो बिशेष सम सामयिक कथा बस्तुमा केन्द्रित रहेर निर्माण गरिएको छ। प्रेम दन्द्व, स्वागे भाइ भाइमा आइपर्ने समस्याका बारेमा चित्रण गरेको पाईन्छ र अन्योलमा परेका अहिलेका युवापुस्ताहरुको लागि स्वागेभाइको विषयमा छर्लङ्ग पार्न खोजिएको छ। उक्त चलचित्र ङ्होको निर्माण सुनि माया तामाङ गरेकी हुन् भने निर्देशन भुवन स्याङ्बोको रहेको छ।

कार्यक्रममा नेपाल तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर,तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइबा,चलचित्र ङ्होको कलाकारहरु लगायत अन्य कलाकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: समय: 3:23:07  501पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार