घेदुङ कतारको वृहत् वनभोज तथा विविध कार्यक्रम सम्पन्न


श्याम ङेसुर तामाङ,ललितपुर ।
नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारको शुक्रबार , दोहा शहरको वाक्राविचमा अवस्थित एक गार्डेनमा नव वर्ष २०७६ को अवसरमा वृहत् वनभोज तथा विविध कार्यक्रम सम्पन्न भएको छ ।
घेदुङ प्रवास शाखा कतारका अध्यक्ष योगेन्द्र तामाङको सभाअध्यक्षतामा सम्पन्न सो कार्यक्रम संस्थाको प्रमुख सल्लाहकार एबम युवा समाजसेवी विनेश तामाङको प्रमुख आतिथ्यमा संस्थाका कार्य समितिका पदाधिकारीहरु ,सल्लाहकार ,आजीवन सदस्री,भातृ संगठनका अध्यक्ष्हरु ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र अन्य महानुभावहरुको व्यापक सहभागिता रहेको थियो।

घेदुङ प्रवास शाखा कतारका सचिव विकास तामाङको उदघोषण र सहसचिव डिबी तामाङले स्वागत मन्तब्य राखेका थिए ।
घेदुङ कतारको आजीवन,अन्य सदस्य बन्नुहुने ब्यक्तिहरु,समाजसेवी,सहयोग गर्ने ब्यक्ती तथा संघ ,संस्थाहरुलाई प्रमुख सल्लाहकार एबम प्रमुख अतिथी विनेस तामाङले प्रमाण पत्र वितरण गर्दै,एकजुट भै काम गर्न सुझाव दिनु भएको थियो ।

समारोहमा घ्याम्पो फुटाउने,डोरी नाघ्ने,उल्लु तथा म्युजिकल चेयर खेल प्रस्तुतिले थप मनोरन्जन वनभोज तथा विविध समारोहमा सहभागी माझ दिलाएका थिए ।

सो समारोहमा साउण्ड सिष्टमको सहकार्य सर्लाही सेवा समाज कतारले गरेको थियो भने समारोहमा तीन दर्जनभन्दा बढी कलाकारहरुको गायन,नृत्यको प्रस्तुतिकासाथ समारोह समारोह सपन्न भएको नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारका अध्यक्ष योगेन्द्र लो तामाङले बताएका छन् ।

प्रकाशित: समय: 0:41:47  601पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार