“जानेँ / जानिनँ”


गाउँ,सहर बसेर समाज सेवा गर्न जानेँ
तर
समाजमा बसेर घुस लिन भ्रष्ट भएर बस्न जानिनँ।
देशमा राष्ट्रसेवक भएर काम गर्न जानेँ
तर
सुन तस्कर,बलात्कारी जस्ता काम गर्न जानिनँ ।
म गरीब,दीन दुःखीलाई सेवा दिन,माया गर्न जानेँ
तर
मै सर्वाेपरी हुँ जस्ताे गरि गरीबलाई हेप्न जानिनँ।
म देश विकास गर्नलाई अगाडि बढ्न खाेजेँ
तर
वाइड बडीमा जस्ताे कमिशन लिन खाेजिनँ।
देशमा के भईरहेकाे छ त्याे बारेमा चिन्ता लिएँ
तर
राताेपासपाेर्ड बेच्ने,अकुत सम्पति जाेड्न जानिनँ।
शिक्षित क्षमतावान युवाले आफू केही गराै भन्न जानेँ
तर
नेताले,विदेश गएका युवालाई राेक्न जानिनँ।
आफू त आफ्नाे कार्यक्षेत्रमा काम गर्न जानेँ
तर
मानव तस्कर,अख्तियार जस्ताे भ्रष्ट काम गर्न जानिनँ।
@शम्भु विक्रम लामा
हेटौंडा उप महानगरपालिका वडा न.९,मकवानपुर

प्रकाशित: समय: 15:39:21  476पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार