नेपाल सरकारले तेमाल जात्रालाई राजकीय जात्राको रुपमा मान्यता दिएर दुई दिन अनिवार्य सार्वजनिक विदा दिनुपर्छ: श्याम ङेसुर तामाङ


तामाङपेज,बैशाख ६ । तेमाल जात्रा भर्खरै समापन भएको छ। स्वतस्फूर्त लाखौ तामाङ जाति भेला हुने जात्रा हो तेमाल जात्रा। असङख्या तामाङको भेला बिना आयोजक,बिना निम्तो यो जात्रामा तामाङ जातिको सहभागिता हुने गर्दछ,दिनप्रतिदिन यो तेमाल जात्राको महत्व बढदै गएको छ।विगतमा राजकीय सम्मान,अस्तित्व यो जात्राले प्राप्त गरे पनि नेपाल सरकारले तेमाल जात्रालाई महत्व,स्थान र सम्बोधन गरेको छैन।यस्को लागि आम तामाङका संघ,संस्थाका नेतृत्व,राजनीतिक नेतृत्वले नेपाल सरकारलाई जोडदार माग गरेर विगतमा पनि तेमाल जात्राको दिन सार्वजनिक विदा,उपत्यकास्तरिय विदाको कुरा उठेकोमा अब सकिन्छ सार्वजनिक विदा सकिँदैन प्रदेश न.३ स्तरिय विदा प्रत्येक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन र चैत्र पूर्णिमाको दिन प्रदेस स्तरिय विदा प्रदेश सरकारले अनिवार्य दिनुपर्छ। तेमाल जात्राको लागि प्रदेश सरकारको अनिबार्य सहभागी र जात्रा संचालन गर्नको लागि बजेटिङको व्यवस्था गर्नु पर्छ किनकि तामाङ जातिको ऎतिहासिक,प्राचिन सभ्यता,जातिय पहिचानसङ्ग यो तेमाल बौद्ध जात्रा जोडिएको छ ।

 

तामाङ जातिको अस्तित्वसङ्ग जोडिएको तेमाल बौद्ध जात्राको आफ्नै खालको विशेषता छ। विशेष गरि दिबङ्गत पुर्वजहरुको सम्झनामा बत्ती बाल्ने,मार्मे गर्ने प्रचलन छ,त्यो कार्य बौद्ध ,स्वयम्भूमा गर्ने गरिन्छ भने छिट फुट रुपमा बालाजु बाईस धारा र जामाचो डाँडामा पनि गर्ने गरेको पाईन्छ। जात्रा अवधिभर दुख सुखका तामाङ फापरे गीत,दोहोरी,पुर्वजहरुको नाममा ङोवा,मार्मे मोलम,तामाङ जातिको भेटघाट पनि यो जात्रामा हुने गर्छ । आफ्नै भेषभुषामा सजिएका काभ्रे,सिन्धुपाल्चोक,रामेछाप,सिन्धुली,मकवानपुर,चितवन,धादिङ,नुवाकोट,रसुवा,काठमाडौ,भक्तपुर,ललितपुर,तामाङ जातिको बाहुल्यता भएको स्थान र आम तामाङहरु स्वदेशबाट मात्र नभै परदेशमा रहेका तामाङ पनि यो तेमाल जात्रा मनाउन आउने गर्छन ।

डम्फुको तालमा तामाङ सेलो,फापरे तामाङ व्हाईले बौद्ध,बालाजु,जामाचो डाँडा,स्वयम्भू तेमालजात्रा मय बनेको हुन्छ। अन्य जातजाति पनि चकित हुन्छ यो तेमालजात्राको माहोल देखेर त्यसैले पनि यस्को आफ्नै प्रकारको महत्व छ।तामाङको बालबालिका,युवा वयस्क देखि जेष्ठ नागरिकहरुको सम्म उल्लेखनिय स्वतस्फूर्त सहभागी हुन्छ ।

 

तेमाल जात्रालाई व्यस्थित गर्न गराउन नेपाल सरकारको निकाय श्री बौद्धनाथ क्षेत्र विकास समितिले विगत एक दशक देखि व्यवस्थापन गर्दै आईरहेको छ भने स्वदेस तथा विदेशमा रहेका तामाङ जातिको संघ संस्थाहरुले यो तेमालजात्रामा निःशुल्क खानेपानी,जुस वितरण,स्वयम् सेवक परिचालन,स्वास्थ्य शिबिर,नाचगान गर्ने जस्ता कार्यहरु गर्दै आएको छ।नेपाल सरकारले भने यो जात्राको बेला सुरक्षाको व्यवस्था गरेको छ भने कहिलेकाही अव्यहारीक रुपमा तेमाल जात्रामा आउने भक्तजनहरुलाई पनि लाठी चार्ज गरेको घटना पनि देखा परेको छ । जात्रामा आउने भक्तजनले पनि सरसफाई,फोहोर व्यवस्थापन ,सभ्य ढङ्ग ,बोलिचालिलाई पनि सुधार गर्नु पर्ने तडकारो रुपमा देखिन्छ । अहिले तामाङ तथा अन्य समुदायका सन्चारकर्मीले पनि यो तेमालजात्राको सवाललाई छापा तथा विद्युतीय सन्चार माध्यमबाट सम्प्रेषण गरेको पाईन्छ ।

यो जात्रालाई विभिन्न तौल तरिकाले व्याख्या गर्ने गरेको छ ,जस्तो तामाङ जातिको अन्तिम तेमालका राजा रेन्जेन दोर्जे बलले आफ्नो श्रीमती रानीलाई खुशी पार्न झ्यारुङ खस्योर बौद्ध छ्योर्तेनको जिर्णोद्धार सम्पन्न भएको खुशियालीमा राजा रेन्जेन दोर्जे बलले यो जात्रा चलाए भन्ने कुरा छ भने अर्को भगवान कास्यप बुद्धले उपत्यकामा दहको पोखरी हुँदा जपतपले गर्दा पोखरीको बिचमा कमलको फूल फुलाई ,स्वयम्भूको ज्योती फैलाईएको उपलक्ष्यमा पनि जात्रा चलाईएको किम्बदन्तीहरु छ ।

अहिले केही वर्ष देखि यो जात्रालाई तेमालका राजा रेन्जेन दोर्जे बलले चलाउनु भए पनि अहिले तेमाल बौद्ध जात्रा भनेर नामकरण गरेको छ । अब खोजी गर्नु पर्छ वास्तवमा तेमाल जात्रा के हो? कसरी मान्न शुरुवात भयो ? यस्को रहस्य के छ अझै खोजी गर्न जरुर छ। त्यस्तर्फ सबैको ध्यान जान जरुरत छ भने नेपाल सरकारले तेमाल जात्रालाई राजकीय जात्राको मान्यता दिई ,केन्द्र सरकार या प्रदेश सरकारले चैत्र पूर्णिमाको अघिल्लो दिन र प्रत्येक वर्ष चैत्र पूर्णिमाको दिन दुई दिन सार्वजनिक विदा सहित तेमाल जात्रा सन्चालन गर्न सम्मान जनक बजेटको व्यवस्था र सुरक्षा व्यवस्था मिलाईएको खण्डमा तेमाल जात्राको महत्व अझै बढने थियो कि?

लेखक तामाङ सामाजिक अभियन्ता तथा लोकेश्वर मिडिया सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक हुनु हुन्छ।

प्रकाशित: समय: 10:19:44  902पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार