युएईमा ऐतिहासिक डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न


७ बैशाख, अनिस तामाङ, युएई। तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको भन्दै गरेको उक्त कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङ थियो भने प्रमुख अतिथिहरुको रुपमा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा रहेको थियो ।

त्यसैगरी विशेष अतिथिको रुपमा फिस्टल ट्राभल्स टुरिजम एलएलसिका सञ्चालक एवं एनआरएनए आइसिसि सदस्य ठाकुर प्रसाद ढुङ्गाना, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा, त्रिसुली समाज युएईका उपाध्यक्ष निशा लामा, एनआरएनए आइसिसि सदस्य सुदिप कार्की लगायत युएईका विभिन्न संघसंस्थाका प्रमुखहरू रहेका थिए ।

दीप प्रज्वलन र राष्ट्रिय गान गाएर उद्घाटन भएको उक्त कार्यक्रमको स्वागत मनतव्य राख्ने क्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष अनिस तामाङले जंग बहादुरको पालमा तामाङलाई पिपा बनाएको देखि आजको दिन सम्म पनि राज्यले हामीलाई अप्रत्यक्ष रुपमा हस्तक्षेप गरिरहेको र मृगालाई मार्न गैरकानुनी नियम बनाएर राज्यले नै डम्फू लोप बनाउन खोजेको बताए ।

यसैगरी नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले युवाहरु डम्फूमा नाच्ने र गाउने मात्रै नभएर राजनीतिक रुपमा अगाडि आए मात्रै डम्फूको उचित संरक्षण गर्न सकिनेमा जोड दिए। अर्का विशेष अतिथि एनारएनए आइसिसि सदस्य ठाकुर प्रसाद ढुङ्गानाले नेपालमा बज्ने सबै मौलिक बाजाहरु नेपालीहरुको भएकाले राज्यले जातिय नजरले हेर्न नहुने बताए।

यसै गरि तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले पछिल्लो युवाहरु ढुंगामुडामा मात्रै नभइ यसरी मौलिक कुराहरुलाई सांस्कृतिक जागरणको रुपमा आफ्नो पहिचान इतिहास बचाउ अगाडि बढ्दै गएकोमा खुशि व्यक्त गरे भने काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामाले डम्फू साँझ कार्यक्रममामा राज्यको कुनै प्रतिनिधिहरु उपस्थित नहुनु पनि हाम्रो संस्कृति माथि अपहेलना गरेको भन्दै अक्रोश व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालबाट अमन्त्रित कलाकारहरु चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जीतु लोप्चन गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको वरिष्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुश्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङलाई डम्फू साँझ युएई समिति, तामाङ समाज युएई र काभ्रे समाज युएईले खादा र प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गरेका थिए । उक्त कार्यक्रममा कलाकारहरुले दर्जनौं डम्फू र सेलोका गीतहरु गायन र नृत्य मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रधान गरेका थिए । उक्त कार्यक्रमको औपचारिक कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ युएईका महासचिव सनिल घिसिङले सञ्चालन गरेका थिए भने अनौपचारिक कार्यक्रम नेपालबाट अमन्त्रित उद्घोषिका स्मारिका थिङ तामाङले सन्चालन गरेकी थिइन्।

प्रकाशित: समय: 5:47:00  621पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार