शारदा मावि भूतपूर्व विद्यार्थी समाज ,गेलु,रामेछापको भोलि भक्तपुरमा वृहत् भेला हुने :


श्याम ङेसुर तामाङ ललितपुर ।

रामेछाप ,मन्थली नगरपालिका वडा न.११ गेलुमा रहेको श्री शारदा माविको भूपू विद्यार्थीहरुको भोलि शनिबार ,बैशाख ७ गते वृहत् भेला हुने भएको छ ।

श्री शारदा मावि भूतपूर्व विद्यार्थी समाजको आयोजनामा हुन गैइरहेको वृहत् भेला उदघाटन समारोह ,विहान ११ बजे राष्ट्रिय युवा परिषदको सभा हल भक्तपुरमा हुन लागेको मन्थली नपा-११ गेलुका कार्यबहाक अध्यक्ष जीतबहादुर घिसिङ तामाङले बताएका छन् ।
सो भेला, भूतपूर्व विद्यार्थीहरु एकजुट हौं भन्ने नाराकासाथ हुन लागेको हो ।

प्रकाशित: समय: 14:29:48  579पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार