आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे उद्घाटन भव्यताका साथ सम्पन्न


तामाङपेज, बैशाख ६ ,नेपालगन्ज

नेपालगन्ज रङगशालामा आठाैं राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताकाे उद्घाटन समाराेह बिहिबार साँझ सम्पन्न भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समाराेहकाे सम्बाेधन गर्नुभएको थियोे । अनाैपचारिक रुपमा प्रतियोगिता सञ्चालन गत २७ गते देखि भए पनि औपचारिक रुपमा उद्घाटन बिहिबार मात्र भएको छ ।

प्रतियोगितामा प्रदेशमा छनाैट भएर आएका खेलाडीहरु प्रतिस्पर्धामा रहन पाउने नियम रहेको छ ।

प्रतियोगिता समापन बैशाख ११ गते प्रधानमन्त्रीबाट हुने कुरा नेपाल राष्ट्रिय खेलकुद परिषद् र नेपाल कराँते महासंघले जानकारी गराएका छन ।

प्रकाशित: समय: 7:02:38  437पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार