रामेछापका धन योन्जन तामाङको घुम्न आउनु रामेछाप दोरम्बा सार्वजनिक


तामाङपेज, बैशाख ६ ,ललितपुर 

शब्द धन योन्जनको स्वर ,सङ्गीत राजकुमार दोङ र गायिका शशिकला मोक्तान तामाङको स्वर रहेको घुम्न आउनु रामेछाप दोरम्बा गीतको अडियो सार्वजनिक भएको छ ।

चर्चित गायिका मोक्तान ,स्वर ,सङ्गीत दोङ र शब्द योन्जनको रहेको यो गीत आन्तरिक पर्यटन,प्रवर्द्धनको लागि एउटा कोशेढुङ्गा सावित भएको छ ।

शब्द तथा रचना कोरेका धन योन्जन तामाङ ,लिटिल स्टार ईङ्गलिस स्कुल मन्थलीको संस्थापक प्र.अ.,नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता,प्रगतिशील लेखक सङ्घ जिल्ला अध्यक्ष,नेपाल तामाङ घेदुङ जिल्ला सल्लाहकार ,नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला सदस्य,प्याब्सन केन्द्रीय सदस्य र मिथिला गौरीशंकर साहित्य समाज जनकपुरको संयोजका रुपमा  रहेर शिक्षा,राजनिती,साहित्य र समाज सेवामा लाग्दै आई रहेका छन् ।

विगत लामो समयदेखी कलम चलाउँदै  आएका रामेछाप,दोरम्बाका धन योन्जन तामाङ वर्षले ४९ औं वसन्तमा भएपनी जोश ,जाँँघर भने युवा अवस्थाको जस्तो देखिन्छ ।

प्रकाशित: समय: 6:51:10  889पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार