रसुवा जिल्लामा पुर्न निर्माणको सम्पुर्ण काम ठप्प


तामाङपेज, बैशाख ६ ,रसुवा

रसुवा जिल्लामा पुर्न निर्माणको सम्पुर्ण काम ठप्प भएको छ ।

प्राविधिक इजन्जिनियरहरुलाई सेवा सुविधा दिन सरकारले जानकारी गरेको भन्दै रसुवामा पनि पुर्न निर्माणको सम्पुर्ण काम ठप्प पारीएको हो । खाइपाई आएको भौगोलिक तथा र्दुगम भत्ता मासिक रुपमा उपलब्ध गराइयोस , पुर्न निर्माणमा कार्यरत सम्पुर्ण प्राविधिक इजन्जिनियरहरुलाई स्थायित्वको मागहरुको ज्ञारेन्टी गरीयोस ्। स्वास्थ्य तथा जिवन विमाको व्यवस्था गरीयोस् । भन्ने मागहरु राख्दै रसुवा जिल्लाको सम्पुर्ण, पुर्न निर्माण काम किस्ता सिपारिस र पुर्न सर्वेक्षणको काम थप्प गरी आन्दोलनमा उत्रिएका प्राविधिक इजन्जिनियर नमराज विश्वकर्माले बताउनुभयो ।

२०७२ सालको भुकम्प पश्चात् भुकम्पले छेतविछेत भएका भग्नावशेष भवनहरुको पुर्न निर्माण प्राधिकरणले प्राविधिक इजन्जिनियरहरुलाई गाउँ गाउँमा खटाइएको थियो । राष्ट्रिय पुन निमार्ण प्राविधिक हकहित संरक्षण समिति रसुवाद्धारा विभिन्न विज्ञप्पतिहरु जारी गदै माग पुरा नभएकोले आन्दोलनमा उत्रिनु परेको प्राविधिकहरुले बताएका छन् ।

रसुवा जिल्लामा करिब ७० भन्दा बढी इजन्जिनियर ,सव इजन्जिनियर र असिस्टेन सव –इजन्जिनियरहरु रहेका छन् । आन्दोलन गर्दा पनि सरकारले कुनै वास्ता नगर्दा अबको विकल्प बैशाख ८ गते सम्पुर्ण प्राविधिक इजन्जिनियरहरुले सामुहिक राजिनामा दिनुपर्ने इन्जिनियरहरुले बताएका छन् ।

प्रकाशित: समय: 5:13:46  433पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार