श्याम ङेसुर तामाङ ,ललितपुर। महाङकाल गाउँपालिका -५ चन्दनपुर,ल्हाम्राङका स्थायी वासिन्दा ३० वर्षिय ईश्वर घिमिरेले वि.सं.२०७५ चैत्र २३ गते ललितपुर महानगरपालिका -१४ ढोलाहिटी चोकबाट ५० मिटर भित्र भाडामा लिएर संचालन गरेको फ्लोरा रिसोर्ट एण्ड पार्टी प्यालेस स्थापना गरेको एक वर्ष पूरा भएर दुई वर्षमा प्रवेश गरेको छ
स्वच्छ,पारिवारिक वातावरणमा सफा,ताजा खाना लगायतका परिकारहरु पाईने ,पार्किङ व्यवस्था भएको,शान्त स्थानमा स्थापित रिसोर्टमा पचास जनादेखी एक हजारसम्म अटने क्षमता छ भने एक वर्षको अवधीमा २०/३० वटा पार्टी संचालन गरेको संचालक घिमिरे भन्नुहुन्छ – अहिलेसम्म ९० लाख लगानी ,आफू र साथीहरुको सहकार्यमा भएपनि अझै कत्ती लगानी हुने हो ? अत्तो पत्तो छैन उनले भने !
युवा व्यवसायी ईश्वर घिमिरे ,फ्लोरा रिसोर्ट एण्ड पार्टी प्यालेस, ढोलाहिटि ललितपुरको मुख्य संचालक ,०६२/०६३ को जन आन्दोलनताका नेपाल कम्युनिष्ट पार्टी माओबादीमा पनि एक वर्ष बढी लाग्नु भएर राजनितिक स्वाद चाख्नु भएका ,लेखापढी व्यवसायमा ११ वर्ष विताई, हाल : लेखापढी वचत तथा ऋण सहकारी संस्थाका संचालक समेत हुनुहुन्छ । संचालक-घिमिरेले यो रिसोर्ट केही मिल्ने साथीहरुको सामुहिक साझेदारीमा स्थापना गरेको बताएका छन् ।
भविष्यमा जेष्ठ नागरिकहरुको सेवा र सुबिधाका लागि बृद्ध आश्राम स्थापना गर्ने लक्ष्य रहेको बताए । फ्लोरा नाम कसरी रहन गयो भन्ने संचारकर्मीको प्रश्नमा फ्लोरा पश्चिमेली मुलुकमा अति,प्रचलित नाम हो ,यो वनस्पति समुहमा पर्दछ ,फ्लोरा फुल अति सुगन्धित हुन्छ भनेर प्रष्ट्याउदै आफ्नो छोरीको नामपनी फ्लोरा राखेको रहस्य फ्लोरा रिसोर्ट एण्ड पार्टी प्यालेसका संचालक ईश्वर घिमिरेले खुलाए ।