श्याम ङेसुर तामाङ ,ललितपुर। ललितपुर जिल्ला,क्षेत्र न.१(ख) प्रदेश सभाका साम्सद चेतनाथ सन्जेलको पहलमा आ.व.०७५/०७६ को लागि प्रदेश न.३ सरकारको विभिन्न मन्त्रालयबाट थप रकम रु.४ करोड १६ लाख ८० हजार पार्न सफल भएको जनाएको छ ।
प्रदेश सभा साम्सद संजेलकानुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरबाट भैंसी सम्बन्ध व्यवसाय संचालन गर्न कोन्ज्योसोम -२ शङखुको लाकुरी भन्ज्याङ कृषक समूह ,सातकन्या कृषक समूह,कृषि तथा पशुपालन दुग्ध उत्पादन समुह र वाग्मती -५ इकुडोलमा रहेको देवीथान पशुपालन समुहलाई जनही २६ लाखका दरले रु.१ करोड ४ लाख तथा पुर्वाधार विकास कार्यालय ललितपुरबाट वाग्मती -७ गिम्दी मगरगाउँ,बाझगाउँ,वर्किथुम र कोन्ज्योसोम -२ शङखु भकारीडाडा,वाग्मती -५ इकुडोल मोटरबाटो विस्तारको लागि रु.५० / ५० लाखका दरले रु.१ करोड परेको छ ।
यस्तैगरी कृषि ज्ञान केन्द्रबाट कृषि सडकको लागि महाङकाल – २ ,मानिखेल कतवन,कोन्ज्योसोम-२ शङखु,वाग्मती -३ भट्टेडाडा रु.३६ लाख, वाग्मती -५ इकुडोल भकारीडाडा,देवीथान ,तीनघरे चिलासम्म रु.२६ लाख र गोदावरी नगरपालिका वडा न.१० टाहाखेल न्यौपानेगाउँ,सल्यान ,खसिमारसम्मको लागि रु.१३ लाख गरि कृषि सडकमा रु. ७५ लाख छुट्टाईएको छ ।
प्रदेश सभा साम्सद चेतनाथ संजेलले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,लगनखेलबाट वकेर्ना भैंसी संरक्षण विशेष कार्यक्रम अन्तर्गत वाग्मती -१ घुसेल प्रगतिशील पशुपालन समूह ,वकेर्ना भैंसी संरक्षण समूह वाग्मती -३ भट्टेडाडा,कोन्ज्योसोम-२ शङखु नमुनागाउँ दुग्ध उत्पादन सहकारी संस्था,सातकन्या दुग्ध उत्पादक सहकारी संस्थालाई १७ लाख ६० हजारका दरले रु.७० लाख ४ हजार र पाडापालन कार्यक्रम अन्तर्गत वाग्मती -४ प्युटारका सुमन सुधा बहुउद्देश्यीय सहकारी संस्था ,पशुफर्म कृषक समूह ,वाग्मती -५ इकुडोलका इकुडोल दुग्ध सहकारी संस्था र वाग्मती -७ गिम्दीमा रहेको देउता वाग्मती उद्धेश्यिय सहकारी संस्थालाई रु.६ लाख ४४ हजारका दरले रु.२५ लाख ७६ हजार र वाग्मती -५ इकुडोल दुग्ध उत्पादक सहकारी संस्थालाई चिलिङ भ्याट संचालन गर्न रु.६ लाख परेको छ।
विभिन्न शिर्षकमा आफ्नो प्रदेशमा बजेट पार्नको लागि प्रदेश न.३को प्रदेश सरकार हेटौंडामा नै रहनु भएका साम्सद चेतनाथ सन्जेलले बजेट परेका नगरपालिका ,गाउँ पालिकाका वडा,संघ संस्थाहरुले तत्काल स्थानिय सरकारको कार्यालयमा समन्वय गरि ,बजेट विनियोजित गरिएको निकायमा यथाशिघ्र सम्पर्क राख्न अनुरोध गरेका छन् ।