ललितपुर वाग्मती -५ इकुडोलको वडास्तरिय शिक्षण क्षमता अभिवृद्धि कार्यक्रम आजदेखी टिकाभैरवमा शुरु ,तीन दिनसम्म चल्ने कार्यक्रममा ४० जना शिक्षक,शिक्षिकाको सहभागिता रहने :


श्याम ङेसुर तामाङ,ललितपुर। वाग्मती गाउँपालिका वडा न.५ इकुडोलको आयोजनामा नागरिक आवाजको सहयोगमा गोदावरी नगरपालिका वडा न.६ टीकाभैरवमा रहेको आनन्दवन लेप्रोसी हस्पिटलको सभा हलमा वडास्तरिय शिक्षा नीति कार्यान्वयननार्थ ,शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ,तीन दिने शिक्षण क्षमता अभिवृद्धि कार्यक्रम आजदेखी शुरु भएको छ ।
वाग्मती-५ का वडाअध्यक्ष साजन दर्लामी मगरकानुसार सो कार्यक्रममा इकुडोलका जनजागृती,शारदा शिक्षा सदन मावि ,विज्ञानप्रभा, ज्ञानोदय,शान्ति र स्यौरिभुमी आधारभुत विद्यालयका शिक्षक ,शिक्षिका गरि ४० जनाको सहभागीता रहने बताए ।
वडाअध्यक्ष दर्लामीले वाग्मती गाउँपालिकाको ७ वटा वडामध्ये शिक्षा नितिमा एकरुपता ल्याउन ,पठन पाठन ,शिक्षण पद्दती ,शिक्षण शैलीलाई एकरुपता ल्याउन वाग्मती-५ को वडा कार्यालयले वाग्मती गाउँपालिका भित्र शिक्षा नितिमा पहिलो वडाको रुपमा उभ्याउदै बैशाख ५,६ र ७ गतेसम्म तीन दिन चल्ने यो कार्यक्रममा नवराज संजेल,दिनेश संजेल,दुर्गा वलि,वासुदेव घिमिरे,सुमित्रा घिमिरे,अन्जु पाण्डे लगायतले प्रशिक्षण दिने जनाएका छन् ।

कार्यक्रममा सहभागी हुन शारदा शिक्षा सदन मावि,इकुडोल ,माझखण्डकी प्र.अ. सुन्तली डिम्डुङ तामाङले भने ,यो तीनदिने कार्यक्रमले वडाभित्रका शिक्षक ,शिक्षिकाबीच भाईचार,पारस्परिक शिक्षण सम्बन्धि छलफल,परिचय,प्रशिक्षकहरुले दिनु भएको प्रशिक्षणले शिक्षण सिकाई पद्दतिमा आमूल परिवर्तन हुने ,जस्काकारणले इकुडोलका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमा शैक्षिक सत्र -२०७६ को सुरुवातीमा संचालन गरिएको शिक्षण कार्यक्रमले विशेष महत्व दिने बताइन् ।

आजदेखी तीनदिनसम्म संचालन हुने कार्यक्रमको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले उदघाटन गर्नु भएको थियो भने कार्यक्रमको उदघाटन सत्र,वाग्मती -५ का वडाअध्यक्ष साजन दर्लामी मगरको सभाअध्यक्षतामा ,वाग्मती -३ का वडाअध्यक्ष विष्णु तिमल्सिना लगायतका सरोकारवालाहरुको आतिथ्यता ,सहभागितामा कार्यक्रमको उदघाटन सहित शुरु भएको हो ।

प्रकाशित: समय: 5:12:02  657पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार