एम.के.डब्लु बेल्ट एन्ड राेड च्याम्पियनसिपमा नुवाकोटे टाईगर(कमल लामा) भिड्दै


बैशाख ४ नुवाकोट। बैशाख २८ गते नेपालकाे राजधानी रङगशालामा एम के डब्लु बेल्ट एन्ड राेड च्याम्पियनसिप हुने भएको छ । रिङ रेस्लिङ संघले आयाेजना गरेको यस च्याम्पियनसिपमा आठ देशका रेस्लर खेलाडीहरुसँग नुवाकोटे टाईगर कमल लामा पनि भिड्ने भएका छन्। नुवाकोटे टाईगर कमल लामा नेपालकाे नेतृत्व गरेर भिड्ने भएको हो। नुवाकोटे टाइगर पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्जनाै च्याम्पियनसिपहरुमा च्याम्पियन बन्न सफल रहेर नेपाली सान अझ उच्च बनाउन सफल रहेकाे छ। विदेशी भूमिमा भिडेर धेरै च्याम्पियनसिपहरुमा च्याम्पियन बने भने अब आफ्नै स्वदेश मातृभूमिमा हुन लागेको प्रतियोगितामा पनि आठ देशका रेस्लरहरुलाई पाखा लगाएर नेपालीको शीर उच्च बनाउने टाईगरले दावी गरेका छन्।

प्रकाशित: समय: 15:11:39  1532पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार