ललितपुर माल्टाका हावाहुरी पीडित तीन घरका वासिन्दालाई वाग्मती गाउँपालिकाको आपतकालीन सहयोग :


श्याम ङेसुर तामाङ,ललितपुर ।वाग्मती गाउँपालिका वडा न.२ माल्टा,वगुवामा मंगलबार बेलुका आएको हावा हुरि बतासले ३ घर पूर्ण क्षति भएको छ ।
क्षति भएको खबर प्राप्त भएपछी बुधबार वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन ,वाग्मती -२ माल्टा वडाअध्यक्ष विजयकुमार लो तामाङ लगायतले पीडित परिवारलाई भेटी गाउँपालिका र वडा कार्यालयको तर्फबाट प्रति परिवार दुई बोरा चामल ,तेल ,दाल,चिउरा ,अन्य खाध्य सामग्री ,त्रिपाल एक,एक थान सामुहिक रुपमा प्रदान गरेका छन् ।
हावा हुरिबतासले वाग्मती -२ माल्टा ,वगुवाका सुकुबहादुर बिश्वकर्मा,वीरबहादुर विश्वकर्मा र प्रेमबहादुर लुङ्गबा तामाङको घर पुर्ण रुपमा क्षति भएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जनाए ।
स्थानिय प्रशासनले मुजुल्का उठाएर ,क्षतिको विवरण प्राप्त भएपछी वाग्मती गाउँपालिकाले पीडितलाई उचित क्षतिपुर्ती र राहत प्रदान गर्ने बताए ।



प्रकाशित: समय: 12:07:05  984पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार