तामाङपेज ०४ बैशाख। नुवाकोट जिल्ला म्यागङ गाउँपालिका वडा नम्बर ४ लुकिन डाँडामा प्याराग्लाईडिङ परिक्षण उडान भएको छ । परिक्षणकाे निमित्त उडान गरिएको प्याराग्लाडिङ सहज तथा सफल भएको छ । गाउँपालिकाकाे नेतृत्वमा गरिएको उडान पहिलोपटकमै सफलता पूर्ण भएको हो। नुवाकोटको पर्यटन प्रवर्द्धनका लागि अतुलनीय याेगदान प्याराग्लाईडिङकाे आउँदाे दिनमा रहने कुरा गाउँपालिका अध्यक्ष आश तामाङले बताए।