नेपाल बन्द फिर्ता लिन विप्लब माओबादीलाई घेदुङको माग


श्याम ङेसुर तामाङ ,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी विप्लबले भोली वैशाख ५ गतेलाई घोषित गरेको नेपाल बन्द फिर्ता लिन नेपाल तामाङ घेदुङले माग गरेको छ ।
आम तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक तिथि चैत ङ्ह्या ( चैत्र पुर्णिमा) वैशाख ६ गते पर्ने र सो दिनको अघिल्लो दिन वैशाख ५ गते विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तूप परिसरमा विहानबाट धार्मिक पुजा तथा साँस्कृतिक तेमाल जात्रा सुरु भै वैशाख ६ गते स्वयम्भु चैत्यमा पुजा तथा साँस्कृतिक तेमाल जात्राको समापन हुने यो वर्ष ती दिनहरुमा तेमाल जात्रा रहेकोले लाखौ तामाङ जातिलाई बन्दले प्रभावित हुने हुँदा नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टी विप्लबलाई घेदुङका केन्द्रीय महासचिव बाबू घिसिङ तामाङद्वारा बुधबार जारी विज्ञप्ति मार्फत अनुरोध गरेको छ । सोही प्रेस विज्ञप्तिमा घेदुङले तामाङ जातिको तेमाल जात्राको प्रबर्द्धन गर्न प्रदेस नम्बर -३ प्रदेस सरकारलाई वैशाख ६ र ७ गते विदा घोषणा गर्न समेत माग गरेको उल्लेख छ ।

प्रकाशित: समय: 11:01:20  548पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार