ललितपुरको कोन्ज्योसोम-२ शङखुमा रहेको मगरगाउँ माविमा बाली विज्ञान विषयमा अध्ययनको लागि भर्ना खुल्ला


श्याम ङेसुर तामाङ ,ललितपुर। कोन्ज्योसोम गाउँपालिका वडा न.२ शङखुमा रहेको मगर गाउँ माविले शैक्षिक सत्र -२०७६ को लागि कृषि प्राविधिक बन्ने सुवर्ण अवसर भन्ने नारासहित कक्षा – ९ मा भर्नाको लागि प्रवेश पत्र खुल्ला गरिएको विद्यालयका प्र.अ.फुलध्वज लामाले जनाउनु भएको छ ।
प्र.अ.लामाकानुसार यो शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थी हरुको लाई प्रवेश परीक्षा वैशाख १४ गते शनिबार ,विद्यालय प्राङ्गणमा हुने जनाउदै अबको शिक्षा अभ्यासमुलक ,ब्यवहारिक शिक्षाको खाचो भको कुरा औल्याउँनु भयो ।
शिक्षक प्रधुम्न दहालले बताएनुसार कृषि प्राविधिक बन्ने प्राबिधिक तथा व्यवसायिक शिक्षालय ,ललितपुर जिल्लामा मगर गाउँ मावि पहिलो विद्यालय भएको जनाए ।

प्रकाशित: समय: 10:43:37  927पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार