व्लड क्यान्सर पीडित शोभा थिङको उपचारको लागि दक्षिण कोरियामा रहेका सुमन दर्लामीको पहलमा रु.५० हजार सहयोग


श्याम ङेसुर तामाङ ,ललितपुर। ललितपुर जिल्ला,कोन्ज्योसोम गाउँपालिका -१ चौघरेकी व्लड क्यान्सर पीडित २३ वर्षिय शोभा थिङ तामाङको उपचारको लागि दक्षिण कोरियामा रहेका सुमन दर्लामी मगरको पहलमा संकलन गरिएको सहयोग रकम प्राप्त भएको छ । कोन्ज्योसोम -१ चौघरेका शिक्षक मानसिह ग्लान तामाङको नाममा रु.५० हजार सहयोग पठाएको दक्षिण कोरियाबाट सुमन दर्लामीले बताएका छन् ।

व्लड क्यान्सर पीडित शोभाको उपचारका लागि दक्षिण कोरियामा रहेका रामलाल योन्जन आश्राङ,सन्तोष थापा मगर चापागाउँ,विपिन मगर रुकुम,कृष्ण राई ओखलढुंगा ,सुमन खनाल स्वयम्भू,नवीन भट्टराई वुटवल,सविन डङगोल धापाखेल,शिवराम क्षेत्री,राजन शाह,रिजन राई काठमाडौ ,प्रदीप मगर काभ्रे,मिलन आले,सुमन दर्लामी मगर दलचोकी,ललितपुरका युवाहरुबाट संकलित रकम पठाएको दक्षिण कोरियाबाट सहयोगी सुमन दर्लामीले जनाएको छ ।

व्लड क्यान्सर पीडित शोभा,कोन्ज्योसोम-१ चौघरेमा रहेको वनस्पती आधारभुत विद्यालयकी शिक्षिका हुन् भने विगत केही दिन भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराई रहेकी शोभा थिङकी बुबा प्रेम थिङले आफ्नो आर्थिक अवस्था एकदम नाजुक रहेकोले छोरीको जीवन बचाउन सबैलाई आग्रह गरेका छन् । चिकित्सकले उपचार खर्च रु.९ लाख लाग्ने बताएको व्लड क्यान्सर पीडित शोभाको बुबा प्रेम थिङले जनाएको छ ।

प्रकाशित: समय: 5:36:51  759पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार