संस्कृतविद सत्यमोहन जोशीले वैशाख १३ गते, गायक मिठ्ठाराम केसिको ललितपुरको चिनारी गीतिवृत्तचित्रको विमोचन गर्नुहुने :


श्याम ङेसुर तामाङ। नेपाली गीत,संगीत करिव २५ वर्ष भन्दा बढी समय बिताउनु भएका ललितपुर जिल्ला लेलेका लोकदोहिरी गायक मिठ्ठाराम केसिको शब्द ,सङ्गीत र कलाकारहरुको स्वरमा लिपिबद्ध गीतिवृत्तचित्र ललितपुरको चिनारीको विमोचन हुने भएको छ ।

यही वैशाख १३ गते लगनखेलस्थित साझा पार्टी प्यालेसको सभा हलमा विहान १०:३० बजे संस्कृतविद एवम् शताब्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा जाति,धर्म,कला संस्कृति,ऐतिहासिक,प्राचीन स्थलहरु र प्राय ललितपुरका सबै भूगोल समेटिएकाे, ललितपुरकै कलाकार तथा जनताहरुकाे सहयोग र सहभागीतामा,कृषि तथा पर्यटनकाे विकासमार्फत जिल्लाको समृद्धिमा जाेड दिईएकाे ऐतिहासिक गीतिबृत्तचित्र “ललितपुरको चिनारी”काे विमोचन हुने कुरा लोकदोहोरीका गायक मिठ्ठाराम केसिले जानकारी दिएका छन् ।

गायक केसि ललितपुर लेलेका स्थायी वासिन्दा ,जनआन्दोलनका घाईते,पुर्व लेले गाविसका अध्यक्ष,राष्ट्रिय लोक तथा दोहिरी गीत प्रतिष्ठान नेपाल ललितपुरका जिल्ला अध्यक्ष हुन् ।

प्रकाशित: समय: 3:50:51  1157पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार