ललितपुर निर्माण व्यवसायी संघको भवन शिलान्यास


श्याम ङेसुर तामाङ,ललितपुर। ललितपुरको एकान्तकुनामा साढे दुई आना जग्गामा ललितपुर निर्माण व्यवसायी संघको सुविधा सम्पन्न भवन बन्ने भएको छ ।
मंगलबार ,नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवी सिहले ढुङ्गा र ईट्टाको जग राखेर ललितपुर निर्माण व्यवसायी संघको भवन शिलान्यास गरेका छन् ।

साढे दुई आनाको जग्गामा भवन निर्माण व्यवसायी र सरोकारवालाबीच रकम संकलन गरेर निर्माण गर्ने लागेको नेपाल निर्माण व्यवसायी संघ,प्रदेश न.३ कमिटीका महासचिव भगिरथ तिमल्सिनाले जनाउनु भएको छ ।

भवन शिलान्यास समारोहमा नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दहाल , उपमहासचिव टङक चौलागाईं ,नेपाल निर्माण व्यवसायी संघ,प्रदेश न.३ कमिटिका कार्यबहाक अध्यक्ष सुबित श्रेष्ठ ,सचिव भक्त बस्नेत ,ललितपुर निर्माण व्यवसायी संघका पुर्व कार्यबहाक अध्यक्ष सानुकान्छा मोक्तान ,महानगरिय प्रहरी बृत्त ,सातदोबाटोका डिएस्पी गौतम मिश्र लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको निर्माण व्यवसायी दिलिप दहालले बताएका छन् ।

प्रकाशित: समय: 1:30:30  901पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार