पूर्व सांंसद मकवानपुरका वीरबहादुर लामाको जीवन बचाउन आग्रह, लामाको दुबै किडनी फेल


श्याम ङेसुर तामाङ ,ललितपुर। मकवानपुर जिल्ला,फाखेलका स्थायी बासिन्दा वर्षले ६९ वर्ष लागेका २०५६ सालको प्रतिनिधि सभा निर्बाचनमा नेकपा एमालेबाट निर्बाचित सांंसद वीरबहादुर लामा,करिब ६ महिनादेखी दुबै किड्नी फेल भएर पाटन हस्पिटलमा उपचार गराई रहनु भएको छ । दैनिक उपचार खर्च ७ सय भन्दा बढी लाग्ने सांंसद लामाले बताएका छन् ।
मुहारमा शिथिलता छ ,आँखा भरी आँसु छ ,मेरो ज्यान बचाउन सहयोग माग्दिन ,कोहि कसैले मेरो मर्म बुझेर सहयोग गर्नु भए ,सहयोग लिनेछु भिख मागेर उपचार गर्नुको साटो मर्न चाहन्छु सन्चारकर्मीसङ्गको भेटमा नक्खु जेल तोडने नेपाली राजनितिका एक शिर्ष नेता पूर्व सांंसद वीरबहादुर लामाले भने !
आर्थिक अवस्था उपचार गर्न कमजोर भएकोले प्रत्यक्ष सहयोग गर्न पूर्व सांंसद लामाका परिवार र नजिकका ईष्टमित्रहरुले प्रत्यक्ष मोबाईल न.९८४३ ६४३५९६ सम्पर्क गरी नेपाली राजनितिका एक निष्ठावान नेतालाई बचाउन आग्रह गरेका छन्। पूर्व सांंसद लामा मकवानपुर जिल्लाको पूर्व जिविस सभापती ,नेकपा एमालेको पूर्व केन्द्रीय सदस्य समेत हुनु भएका लामा नेपाल सङ्घिय समाजवादी पार्टीको शिर्ष नेतृत्व समेत हुनुहुन्छ ।

प्रकाशित: समय: 11:25:22  6419पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार