पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ४५ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा:


श्याम ङेसुर तामाङ ,ललितपुर। नेपाली राजनितीको ईतिहासमा छुट्टै पहिचान बनाउन सफल ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष जनप्रिय नेता ,पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ४५ औं दिनको पुण्य तिथिमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन कमिटी ललितपुरले वेलकम पार्टी प्यालेस टाहाखेलमा श्रद्धाञ्जली सभाको सोमबार आयोजना गरेको छ।
ललितपुर जिल्ला क्षेत्र न.३ का प्रतिनिधि सभाका साम्सद ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिती सदस्य एबम पुर्व मन्त्री पम्फा भुषालले स्वर्गीय शिर्ष नेता भरतमोहन अधिकारी,कम्युनिष्ट सरकारको रुपमा मात्र नभै आदर्शवान ब्यक्तित्व मात्र नभै सारा दुनियाँ सामु लायक व्यक्तित्व भएको बताउनु हुँदै म गर्व गर्छु किनकि मेरो जीतमा स्वर्गीय अधिकारीको मत परेको छ ,त्यही मतले म ललितपुर जिल्ला क्षेत्र न.३ बाट प्रतिनिधि सभामा जित्न सफल भए । स्वर्गीय अधिकारीले देखाउनु भएको बाटोलाई ब्यवहारमा लागू गर्नेछु साम्सद भुषालले बताईन।

ललितपुर जिल्ला ,क्षेत्र न.१ का प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले कम्युनिष्टको सरकार आयो भने जेष्ठ नागरिकहरुलाई दुख दिन्छ भनेर राजनितिक केही दलले चुनाबी ,राजनितिक मोर्चा गर्नेका विरुद्ध सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने,९ (स) को अभियान,आफ्नो गाउँ ,आफै बनाऔं जस्ता लोकप्रिय कार्यले स्वर्गीय शिर्ष नेता नेपाली राजनितिको शिर्ष पुरुष बन्न सफल भएको बताए । स्वर्गीय शिर्ष नेता अधिकारीले देखाउनु भएको आदर्श ,मूल्य ,मान्यतालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले शिरोपर गरि अघि बढानु पर्नेमा साम्सद सिलवालले जोड दिए।

स्व.शिर्ष नेता अधिकारीको ४५ औं दिनको पुण्य तिथिमा धर्म्पत्नि सविता अधिकारी,नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एबम पुर्व साम्सद शुशिला नेपाल ,केन्द्रीय सदस्य हरि दहाल,प्रदेश सभा साम्सद चेतनाथ संजेल,नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला संयोजक हरिकृष्ण व्यन्जनकार ,कार्यालय सचिव पुरुषोतम आचार्य ,गोदावरी नगरपालिका वडा न.१० का वडाअध्यक्ष दर्शनकुमार विष्टलगायतले स्वर्गीय शिर्ष नेता अधिकारीले पुर्याउनु भएको योगदानको विषयामा चर्चा गरेका थिए ।

सो पुण्यतिथी समारोहमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सदस्यहरु ,प्रदेश सभाका साम्सदहरु,पुर्व साम्सदहरु ,जिल्ला र जिल्लाका विभिन्न तपतहका नेता ,कार्यकर्ता ,शुभ चिन्तकहरुको सहभागिता रहेको थियो ।
स्वर्गीय शिर्ष नेता भरतमोहन अधिकारीको तस्बिरमा माल्यार्पण,जेष्ठ नागरिकहरुलाई स्वर्गीय शिर्ष नेता अधिकारीको ४५ औं पुण्यतिथिको अवसरमा जेष्ठ नागरिकहरुलाई धर्मपत्नी सविता अधिकारीलगायतले फलफुल समेत वितरण गरेर जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो ।







प्रकाशित: समय: 11:06:22  765पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार