दलचोकीमा श्रीमद भागवत सप्ताह शुरु ,धार्मिक कार्यक्रमले मानवलाई नैतिकवान र धार्मिक पर्यटकिय गन्तव्य बनाउन टेवा मिल्ने : साम्सद सिलवाल 


श्याम ङेसुर तामाङ ,ललितपुर ।कोन्ज्योसोम गाउँपालिका वडा न.३ दलचोकीमा आईतबारबाट श्रीमद भागवत सप्ताह तुलादान ज्ञान महायज्ञको शुरूवात भएको छ ।

श्रीमद भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ व्यवस्थापन मुल समारोह समितिको आयोजनामा विशेष त : मनकामना मन्दीरको स्तर उन्नति र रेडक्रस भवन निर्माण गर्ने उद्धेश्यले आयोजित महायज्ञको दीप प्रज्वलन गर्नु भएर समुदघाटन गर्नुहुदै ,प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले धार्मिक कार्यक्रमले प्रत्येक मानवलाई नैतिकतावान बनाउन प्रेरित गर्ने र उपत्यकाको दोश्रो नगरकोट बन्न लायक दलचोकीको विकास ,आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थलको मार्गले मात्र सम्भव हुने ,त्यस्को लागि स्थानिय सरकारले विशेष जोड दिनु पर्नेमा जोड दिए । साम्सद सिलवालले केन्द्र सरकारको तर्फबाट पनि दलचोकीको विकासको लागि बजेटको ब्यवस्थापन गर्न पहल गर्ने बताए ।

महायज्ञ उदघाटनमा कोन्ज्योसोम गाउँपालिका वडा न.२ वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरे,कोन्ज्योसोम गाउँपालिका वडा न.३ वडाअध्यक्ष तिलक बम्जन तामाङ र कोन्ज्योसोम इलाका प्रहरी कार्यालय चौघरेका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक नरेन्द्र बडु लगायतका ब्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

महायज्ञमा प्रष्टवक्ता भागवत रसिक अरविन्द शास्त्रीजी महाराजश्रीका मुखारविन्दबाट कथावाचन र उपवाचक पण्डित गणेश अधिकारी शाश्त्रीजीबाट श्रीमद भागवतको पाठपारायण हुने समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।

महायज्ञको पहिलो दिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता कृष्णप्रसाद सापकोटा,गोठभन्ज्याङ माविका प्र.अ.गङगाराम मगर र पर्यटन युवा व्यवसायी उद्धवप्रसाद घिमिरेले महायज्ञको औचित्य र महत्वबारे प्रकाश पारेका थिए।
महायज्ञको अवधीभर कलश यात्रा,कथा प्रवचन ,दीप प्रज्वलन ,तिल अर्चना,पुर्णाहुती ,सामुहिक ब्रतबन्ध ,प्रसाद वितरण गरि बैशाख ९ गते महायज्ञ सम्पन्न हुने समितिका सचिव गोपालप्रसाद घिमिरेले जनाएको छ ।

प्रकाशित: समय: 3:49:59  600पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार