तामाङ सुपर स्टार नायक दोङ प्रेम वियोगमा


तामाङपेज ३ बैशाख। तामाङ सुपर स्टार नायक अमिर दोङ प्रेम वियोगमा परेका छन्। भर्खरै डम्फु मिडिया प्रा. लि.बाट सार्वजनिक भएको “सल सल मुबा तोजा मुरि कोन्ज्योसोम अम्राङ्जी ङाइ” भन्ने म्युजिक भिडियोमा नायक दोङ प्रेम वियोगमा परेका हुन् । नायक दोङले मन पराएको केटी पूर्णिमा थोकरलाई अर्को नायक सन्जय योन्जन तामाङले मन पराए पछी दोङ प्रेम वियोगमा तड्पिएको देख्न सकिन्छ। उक्त म्युजिक भिडियोमा नायक अमिर दोङ,नायिका पूर्णिमा थोकर सन्जय योन्जन तामाङ मुख्य भुमिकामा देख्न सकिन्छ भने कुइसङ रुम्बा सहायक भूमिकामा देख्न सकिन्छ । रुपेन मोक्तानको शब्द, रोशन लामाको सङ्गीत छ भने राज कुमार दोङ तामाङको जादुमय स्वर रहेको छ । मार्मिक भिडियो हेर्नको लागि लिङ्क तपाईं दर्शकको सामू राखिएको छ ।

प्रकाशित: समय: 3:12:14  1147पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार