श्याम ङेसुर तामाङ,ललितपुर । नेपाली सेना भन्ने बित्तिक्कै ब्यारेकमा मात्र सिमित भन्ने भ्रमलाई ललितपुरको लेलेमा रहेको भैरव गणले भने चिरेको छ। गोदावरी नगरपालिका वडा न.७ देवीचौर ,बुरुन्चुलीमा रहेको श्री भीमसेन आदर्श माविको हाताभित्र ३ कोठे बालमैत्री र १ कोठे अपाङ्ग मैत्री गरि ४ कोठे बालमैत्री शौचालय भवन सोमबार विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा गोनपा-७ का वडाअध्यक्ष गिरीप्रसाद तिमल्सिनालाई भैरव गणका गणपती एबम प्रमुख सेनानी रणबहादुर खडकाले गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन लगायत सरोकारवालाहरुको उपस्थितिमा हस्तान्तरण पत्र ,साचो दिएर प्रदान गरेको छ ।
भवन हस्तान्तरण समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले विकासमा सबैको सहभागिता र एकजुट हुनुपर्छ भन्ने उदाहरण आफ्नो नगरपालिका भित्र नेपाली सेनाको भैरव गणले देखाएको भन्दै खुशी ब्यक्त गर्नु भयो । गोदावरी नगरपालिकाका नगर प्रमुख महर्जनले हाम्रो गोदावरी ,सुन्दर र राम्रो गोदावरी बनाउन सबैले साथ दिनुपर्नेमा जोड दिए ।
भैरव गणका गणपती ,प्रमुख सेनानी रणबहादुर खडकाले नेपाली सेना आपात बिपतमा ढाड फर्काएर नबसेको बताउदै नेपाली सेना देशको परिस्थिती अनुसार जनप्रेमी बन्दै गएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम पुर्व जिविस सदस्य गम्भिरबहादुर राना,गोनपा-५ र ६ वडाका वडाअध्यक्षहरु क्रमश : मिलन सिलवाल,विष्णुमान महर्जन ,पुर्व देबीचौर गाविसका गाविस अध्यक्ष नरबहादुर डिम्डुङ तामाङ ,विद्यालयका शिक्षक,शिक्षिका ,भैरव गणका नेपाली सेनाहरु ,अभिभावक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
४ कोठे बालमैत्री शौचालय भवन हस्तान्तरण समारोहमा गोनपा-७ देवीचौरका वडाअध्यक्ष गिरीप्रसाद तिमल्सिना,भैरव गणका सेनानी (मेजर)आदर्श खडका ,श्री भीमसेन आदर्श माविका प्र.अ.आत्माराम घिमिरेले भवन निर्माणका सवालमा मन्तब्य राखेका थिए ।
ललितपुरको दक्षिण भेगमा रहेको भैरव गणले ब्यारेकमा मात्र सिमित नभएर जनतासामु जनप्रीय कार्य गर्दै आएको स्थानिय नेता एबम पुर्व ललितपुरका जिविस सदस्य गम्भीर रानाले बताए ।