श्री निवास चौधरीको ” मलाई गर्व छ थारु हुनुमा ” बोलको थारु राष्ट्रिय गीतको अडियो युट्युबमा


आर एन चौधरी थारु। डेढ दशक देखि निरन्तर सञ्चार माध्यम र सांगीतिक क्षेत्रमा लागेका चार्चित गायक श्री निवास चौधरी, विभिन्न भाषा भाषिक गीतहरु गाउनुका साथै विभिन्न परिवेष अनुसारका  गाउने गायक हुन ।
२०५९ साल देखि गायन प्रशिक्षण लिदै २०६१ सालमा आफ्नो पहिलो एल्बमको रुपमा ( हाय रे छौकिया) नामक गीति एल्बम निकालेका थिए जुन एल्बमका गीतहरु निकै चर्चित बनेको थियो,छौकिया नाचे नाचे,जनम जनम मै तोहार ,गरिबवा के जिन्दगी,बोलका गीतहरु त्यो ताका निकै चर्चामा थिए भने,२०६४ सालमा( दिल के रानि) एल्बमको ( चोरी चोरी दिल मोर तु चोरा लेहलो) बोलको गीत निकै चर्चा पाएको थियो भने,२०६७ सालमा ( जवनिया तहल्का मचा देहल) एल्बम मा रहेको हङ्गामा बोलको गीतले साँच्चिकै हङ्गामा मचाएको थियो त्यसै गरि २०६९ तिर सावन मर्चाहाको ( तोहरिक हम भुला न सकली) फिल्मको टाईटल गीत निकै चर्चित रहेको थियो, त्यसै गरि २०६९ मै ( भौजी कटि ना जाडा रजाइ से) भोजपुरी एल्बमको (गोरिया ओढनी बिना) बोलको गीत पनि उतैकै चर्चा पाएको थियो,त्यसै गरि,२०७० तिर (चली बोलबम जलवा चढाये) नामक भजनको आइल सावन के महिना बोलको गीत अझै पनि हरेक साल साउन महिनामा बज्ने गर्दछ,त्यसै गरि २०७२ सालमा ( आदिवासी थारु हमरे बोलको गीत) ले सारा थारुहरुको मानस पटलमा बस्न सफल भयो,त्यसै गरि २०७५ सालमा सर्बाधिक रुचाएको गीत नजर से नजरिया मिलाकेले सारा रेकर्ड तोड्न सफल भयो।

अहिले पुनः सारा थारुहरुलाई एक सुत्रमा बाँध्नको लागि,एकजुट हुन प्रेरणा स्वरुप सम्पूर्ण थारुहरुको हक अधिकारका निम्ति उनै चर्चित गायक श्री निवासले , (मलाइ गर्व छ थारु हुनुमा) बोलको थारु राष्ट्रिय गीत नेपाली नयाँ बर्ष २०७६ को शुभ आगमन सङ्गै आफनै youtube chanal (shriniwash chaudhary) बाट विश्व ब्यापी रुपमा अडियो भर्सन सार्वजनिक गरेको छ।

छबिलाल कोपिला अनि अक्सु दिनेश दहितको शब्द ,गणेश चौधरी सङ्गित समायोजनमा , गायक श्री निवास चौधरीले नै स्वर भरेको छ।विभिन्न समाजिक संघसंस्थाहरुको सहयोगमा यो गीत निमार्ण गरिएको हो।खास गरि थारु कल्याणकारीणि सभा युएई , त्यसै गरि रुपन्देही जिल्ला निवासी समाजसेवी दिपक चौधरी लगायतको विशेष सहयोगमा निर्माण भएको उक्त गीतको भिडियो निर्माणको काम पनि चाडैं सुरु गर्ने गायक चौधरीले बताए ।

तलको युट्युब लिङ्क खोलेर पूरा गीत सुन्नुहोस् :-

प्रकाशित: समय: 2:12:13  1263पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार